आइतबार , भाद्र १४, २०८३

झापा । झापाको गौरादह–८ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ । आफैले चलाएको गोली लागेर स्थानीय बीरेन साहको मृत्यु भएको हो । आत्महत्या गरेका वीरन साह भगौडा प्रहरी हुन् ।

मंगलबार साँझ भएको घटनामा साहका १३ वर्षका भतिजा घाइते भएका छन् । उनको कम्मरमुनि गोली लागेको छ । घाइते उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लेनदेनको विवादमा बीरेनले गोली प्रहार गरेको र पछि आफूलाई पनि गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गौरादह ८ का वडाध्यक्ष गणेश राजवंशीले घटनापछि गाउँमा त्रास छाएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP