आइतबार , भाद्र १४, २०८३

काठमाडौं । देशको पहाडी भू–भागमा आज (बुधबार) बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको मौसमविदले जनाएका छन् ।

आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले हाल देशको पहाडी भू–भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको जनाएको छ । मनसुन बाहिरिएकाले नेपालमा अहिले भारी वर्षा गराउने कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP