मंगलबार , बैसाख २९, २०८३

रुपन्देही।नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको मोतीपुुरमा ‘स्मार्ट मोटीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतीमा र कोही बिस्थापीत हुन नपर्ने गरी निमार्ण हुने विस्वास दिलाउनुुभएको छ । स्थानीयको सहमती र सहभागीता बिना बन्ने बिकास निमार्ण दिर्घकालीन हुन नसक्ने भन्दै उहाँले औद्योगी क्षेत्र निमार्ण गर्दा पुुस्तौ देखी बसोबास गर्दै आएका स्थानीयहरु बिस्थापीत हुुननपर्ने गरी काम अगाडी बढाईएको जानकारी दिनुुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनीधी सभा उम्मेदवार समेत रहनुुभएका मन्त्री खाणले बुटवल उपमहानगरपालीका १४ मा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै स्थानीयको रायसुुझाव र सहमती बेगर बिगतमा उद्योगीक क्षेत्र निमार्ण गर्न खोज्दा समस्या भएको उल्लेख गर्दै समस्या समाधानकालागी कार्यदल बनी सकेको र कार्यदलको सुुझाव अनुसारनै काम अगाडी बढ्ने बताउनुुभयो । पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भएपनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो । यो समस्या समाधान गर्नकोलागी गृहमन्त्री खाणकै पहलमा बनेको कार्यदलले औद्योगीक क्षेत्रको जग्गा नापजाँच गरीसकेको छ । प्राविधिक टोलीले उपलब्ध गराउने तथ्यांकका आधारमा औद्योगिक क्षेत्र बनाउनयोग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिश गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने कार्यदलका सयोजक एवं जिल्ला समन्वय समीती रुपन्देहीका सयोजक उमाकान्त चपाईले जानकारी दिनुुभयो ।
‘अहिले औद्योगिक क्षेत्रको जग्गा ८१३ बिगाहा भन्ने लालपूर्जा आएपनि कहाँदेखि कहाँसम्मको जग्गा भन्ने यकिन नभएकाले विवाद थियो, अब यो विवाद हट्नेछ, स्थानीयको पनि चित्त बुझ्नेछ र औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्नेछ’–उहाँले भन्नुभयो । २०२६ सालदेखि जोतभोग गर्दै आएका र लालपुर्जा नै रहेका जग्गा जसको हो उसैलाई दिलाउने प्रक्रिया कार्यदलले बुझाउने प्रतिवेदनपछि अघि बढ्ने गरी काम अगाडी बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP