सोमबार , अषोज २६, २०८३

बुटवल फागुन १०/ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका लुम्बिनी प्रदेश इञ्चार्ज एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको मर्म विपरित प्रचण्ड अघि बढ्न खोज्दा पार्टीमा समस्या आएको बताउनुभयो ।

गुल्मीको तम्घासमा आयाेजित कार्यकर्ता भेलालाई सम्वाेधन गर्दै मुख्यमन्त्री पाेखरेलले एकताको मर्मविपरित अध्यक्ष र प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउने र अस्थिरता श्रृजना गर्ने गंभीर षडयन्त्र भएकाले चुनाव घोषणाको निर्णय भएको बताउनुभयो । “महाधिवेशन अघि नै माधव नेपाललाई अध्यक्ष चाहियो,प्रचण्डलाई प्रधानमन्त्री चाहियो, त्यसैले समस्या जन्मियो—उहाले भन्नुभयो ।

लामो समय एमालेको नेतृत्व गरेका माधव नेपालले पार्टीलाई वैचारिक रुपमा यता न उताको बनाएकोले माधव नेपालको नेतृत्वमा पार्टी गतिशिल बन्न सक्तैन् । उहाँले प्रथम अध्यक्षका विरूद्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले तयार गरेको अभियोगपत्र नै अहिलेको संकटको मुख्य कारण भएको बताउनु भयो ।

प्रचण्डकाे सके पार्टी कब्जा गर्ने नसके ध्वस्त पार्ने रणनीति अनुसार अघि बढ्ने प्रवृतिले अहिलेको समस्या निम्तिएको उहाँको भनाई छ । प्रधानमन्त्री केपी ओलीले जनताबाट लिएको अभिमत जनतामा नै निर्णय गर्ने मौका दिनु सही भएको उहाँले बताउनुभयो ।

भेलामा पार्टी केन्द्रीय सदस्य एंव प्रदेश अध्यक्ष लिला गिरी, केन्द्रीय सदस्य दधिराम न्यौपाने, कमल श्रेष्ठ, दिलशोभा पुन, बालसिंह काउछा,रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसाल, जिल्ला अध्यक्ष मधुकृष्ण पन्तले पार्टी एकताका बारेमा मन्तब्य व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP