मंगलबार , बैसाख २९, २०८३

भैरहवा । पूर्व गृहमन्त्री निरञ्जन थापाले भोटका लागि तक्मा नबाँड्ने बताएका छन । रुपन्देहीको क्षेत्र नम्बर ३ भैरहवामा मंगलबार क्षेत्रीय संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उनले आफूहरू सरकारमा गएपछि अहिलेको सरकारले जस्तो तक्मा बाँडेर भोट नमाग्ने बताए ।

‘भोटका लागि तक्मा बाँडिएन बरू योगदानको मूल्यांकन गरी तक्मा बाँडेका थियौ,’ उनले भने, ‘अहिले त भोटकै लागि तक्मा बाँडिएको छ ।’ रुपन्देहीमा मात्रै पाँच दर्जन बढी तक्मा बाँडिएको उनले आरोप लगाए । रुपन्देही ३ मा तक्माको बाढी आएको उनले बताए । ‘म पनि गृहमन्त्री थिएँ कुनै बेला, तर यसरी तक्मा बाँडेका थिएनौं । सरकारमा गएपछि उद्योग सञ्चालन गर्ने उद्योगी, चोरी निकासी नियन्त्रण गर्ने प्रहरीलाई तक्मा दिन्छौं । पार्टीलाई भोट दिने शर्तमा बाँड्दैनौं,’ उनले भने ।

क्षेत्रको विकासमा लागेका राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई नै यस क्षेत्रबाट उम्मेदवार बनाएको र तक्माको लोभमा यहाँका जनताले भोट खेर नफाल्ने उनले बताए । उनले भने, ‘विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताउनु पर्छ । पाँचदलीय गठबन्धनलाई भोट दिनु भनेको भोट खेर फाल्नु हो ।’ राष्ट्रियता बचाउन एमाले, राप्रपा र जसपालाई जिताउनु पर्ने उनको भनाइ थियो ।

एमाले, राप्रपा र जसपाको रुपन्देही ३ को मंगलबार भैरहवामा संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको हो । यस क्षेत्रबाट प्रतिद्वन्द्वीको रूपमा गठबन्धनबाट नेपाली कांग्रेसले बालकृष्ण खाँणलाई उठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP