मंगलबार , बैसाख २९, २०८३

रुपन्देही।गृहमन्त्री बालकृष्ण खाणले उपर्युक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासी नागरिकहरूका घर टहरा भत्काउन नहुने बताउनु भएको छ ।
रुपन्देही ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै सुकुम्बासीहरू अहिले जस्तो अवस्थामा बसेका छन्, उनीहरू त्यस्तै अवस्थामा बस्न पाउनु पर्ने बताउनुभयो ।

उनीहरूलाई बसोबास गरेको स्थानबाट सार्नै पर्ने अवस्था आएमा उपयुक्त विकल्प दिएर, त्याे विकल्पमा व्यवस्थापन गरेर मात्रै सार्नु पर्ने बताउनु भयो ।

अहिले मुलुकभरका केही नगरपालिकाले महत्त्वपूर्ण चाडपर्वको मुखैमा विकल्पविना सुकुम्बासीका घर टहरा भत्काएपछि गृहमन्त्री खाणको यस्तो धारणा आएको हो ।

उहाँले आफूले गृह प्रशासनलाई घर टहरा भत्काउने अन्य सरकारी निकायको कार्यमा सहभागी नहुन निर्देशन दिइसकेको बताउनु भयो ।
गृहमन्त्री खाणले इतिहास र भूमिका नभएका राजनीतिक दल र ती दलमा आवद्ध नेताबारे टिकाटिप्पणी गर्नुको आैचित्य नभएको बताउनुभयो ।

बुटवलको सेमलारमा कृषि थोक बजार केन्द्र आयोजना अहिले सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको भन्दै उहाँले त्यो आयोजना पूरा गरेर भरपूर फाइदा लिनुपर्ने बताउनुभयो । आयोजना पूरा भएमा रुपन्देहीमा उत्पादित कृषि उपज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हवाइजहाजबाट राजधानी र विदेशमा पठाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP