आइतबार , भाद्र १४, २०८३

कपिलवस्तु । कपिलवस्तुको सीमावर्ती क्षेत्र कृष्णगनरमा स्रोत नखुलेको १३ लाख नगदसहित एक जना गाडी चालक पक्राउ परेको छ । प्रहरीले लु १ ख २३९७ नम्बरको बसमा स्रोत नखुलेको १३ लाख ८ सय रकम प्रहरीले बरामद हो ।

कृष्णनगरबाट चन्द्रौटा तर्फ जाँदै गरेका सो बसको बोनटको भागमा भारतीय पत्रिकाले बेरिएको अवस्थामा नेपाली रुपैयाँ फेला परेको प्रहरी नायब उपरिक्षक मिन बहादुर घलेले बताए । सो गाडीका चालक प्युठान नगरपालिका ८ मानागाँउका शुशिल बहादुर पुन मगरलाई पक्राउ गरिएको उनले बताए ।

चालक पुनलाई पक्राउ गरेर प्रहरीले थप अनुसन्धानका तथा आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको ईलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेयले बताए । बरामद गरिएका नोटहरुमा हजारको नोट १ हजार थान, ५ सयका नोट ६ सय थान, र रु.१ सय को नोट ८ थान छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP