मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेजी गर्ने निर्वाचन अधिकृत कार्यालयको निर्णय कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । निर्वाचन अधिकृतको कार्यालयले रुपन्देही २ ले उम्मेदवार गुरुङ संलग्न कम्पनी कालोसूचीमा रहेको भन्दै प्रतिनिधिसभा सदस्यको उम्मेदवारी खारेज गरिदिएको थियो ।

निर्वाचन आयोग र उम्मेदवार गुरुङलाई छलफलका लागि सर्वोच्चले बोलाएको छ । तत्कालका लागि गुरुङको उम्मेदवारी कायमै रहेको छ । रुपन्देही २ बाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP