शनिबार , भाद्र १३, २०८३

कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीका खेलाडी हावी भएका छन् । हालसम्म नेपाल आर्मीले आठ स्वर्ण, नौ रजत र १० काँस्यसहित २७ पदक जित्दै शीर्ष स्थानमा छ ।

दोश्रो भएको बागमती प्रदेशले पाँच स्वर्ण, तीन रजत र दुई काँस्यसहित १० पदक जितेको छ । एपिएफले चार स्वर्ण, पाँ रजत र नौ काँस्यसहित १८ पदक जितेको छ भने नेपाल पुलिस क्लबले दुई स्वर्ण, एक रजत र दुई काँस्यसहित पाँच पदक पाएको छ ।

घरेलु मैदानमा गण्डकी प्रदेश कमजोर सावित भएको छ । गण्डकीले हालसम्म स्वर्ण र रजत पदक पाउन सकेको छैन । पाँच वटा काँस्य मात्रै पाएको गण्डकी सातौं स्थानमा छ । पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले एक स्वर्ण र तीन काँस्यसहित चार पदक र लुम्बिनीले दुई रजत पदक पाएको छ ।

प्रदेश १ ले तीन कास्य मात्रै जितेको छ । कर्णाली, मधेश र एनआरएनए हालसम्म पदकविहीन छन् । हालसम्म २० इभेन्टका खेल सकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP