सोमबार , अषोज २६, २०८३

क्यानबेरा । अस्ट्रेलियाको राजधानी क्यानबेरमा अयोजना भएको रोयल फेस्टिभ कपको उपाधी क्यानबेरा नेप्लिज फूटबल क्लबले जितेको छ ।

यही फेब्रवरी २० शनिवार रोयल नेप्लिज क्यानवेरा फूटबल क्लबले आयोजना गरेको यो प्रतियोगितामा सिड्नीका दुई र क्यानबेरका सात गरेर जम्मा नौ वटा क्लबहरु सहभागि थिए ।

पूर्व निर्धारित यो प्रतियोगिता कोरोना भाइरसको प्रकोपको कारण अन्य राज्यहरु सँग क्यानबेराको सिमा बन्द भएपछि खेल सार्न परेको आयोजक क्लबका अध्यक्ष शुसिल पोखरेले नेप्लिज अस्ट्रेलियनलाई बताए ।

शनिवार गिरालेन स्पिोर्ट प्याभेलियन मैदानमा दर्शक र खेलाडीहरुको बाक्लो उपस्थितिमा भएको यो प्रतियोगितामा आयोजक रोयल नेप्लिज क्यानवेरा फूटबल क्लबले दोस्रो स्थानमा चित्त बुझाएको थियो ।

प्रतियोगितामा ददुबै टिमबाट गोल हुन नसके पछि अनन्त खेलको निर्णय पेनाल्टि सुट आऊटमा थियो । जसमा ३ गोल गरेर क्यानबेरा नेप्लिज एफ सि ले यस बर्षको पहिले रोयल फेस्टिभ कप उपाधि ऊचाल्न सफल भएको पोखरेलले जानकारी दिए ।

क्लबले ३५ं बर्ष भान्दा माथि उमेर समुहको खेलको आयोजना यहि बर्ष भित्र गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP