आइतबार , भाद्र १४, २०८३

प्युठान । प्युठानमा शुक्रबार जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । प्युठानको बाग्दुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप जिल्लाको नौबहिनी गाउँपालिका–६ बहाने नजिकैको खहरे खोलामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा नौबहिनी गाउँपालिका– ५ डामृका रेमसरा बुढामगरकी २५ दिने शिशु चेतना बुढा, ४ बर्षीया करुणा बुढामगर र सोही ठाउँ निवासी जीप चालक समेत रहेका २५ बर्षीय लुकेश थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ३० वर्षीय दलबहादुर खत्री र १२ वर्षीय अस्मपतालमा पुनमगरको प्यूठान अस्तालमा उपचार भइरहेको छ । जीपमा १८ जना सवार रहेकामा १३ जना सामान्य घाइते छन् । उनीहरुको बिजुवार अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जीप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP