सोमबार , बैसाख १५, २०८२

प्युठान । प्युठानमा शुक्रबार जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ । प्युठानको बाग्दुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप जिल्लाको नौबहिनी गाउँपालिका–६ बहाने नजिकैको खहरे खोलामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा नौबहिनी गाउँपालिका– ५ डामृका रेमसरा बुढामगरकी २५ दिने शिशु चेतना बुढा, ४ बर्षीया करुणा बुढामगर र सोही ठाउँ निवासी जीप चालक समेत रहेका २५ बर्षीय लुकेश थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ३० वर्षीय दलबहादुर खत्री र १२ वर्षीय अस्मपतालमा पुनमगरको प्यूठान अस्तालमा उपचार भइरहेको छ । जीपमा १८ जना सवार रहेकामा १३ जना सामान्य घाइते छन् । उनीहरुको बिजुवार अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जीप अनियन्त्रित भई सडकदेखि करिब ४० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP