आइतबार , भाद्र १४, २०८३

बुटवल । रुपन्देही–२ को निर्बाचन अधिकृतको कार्यालय अगाडी उम्मेदवारी बदर भएको हाम्रो नेपाली जनता पार्टीका उम्मेदवारको पक्षमा धर्ना बसेका छन् । निर्वाचन कार्यालयले उक्त पार्टीका उम्मेदवार डा. कमल भुसाल (निकोलस)को उम्मेदवारीमा उजुरी परेपछि छानविन गरी बदर गरेको थियो ।

कार्यालयले आफ्नो कार्यातालिका अनुसार नै असोज २५ गते बदर भएका उम्मेदवार बाहेकको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । विर्नाचन कार्यालयले गलत निर्णय गरेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवार निकोलसका समर्थकहरुले निर्वाचन अधिकृतकोे कार्यालय रहेकोे बुटवल उपमहानगरपालिकाकोे पुरानो भवनकोे गेटमा शुक्रबार धर्नामा बसेका हुन् ।

धर्नामा निकोलसका बुबा तुलसीकुमार भुसाल, उनका दाजु सागर भुसाल लगायत (निकोलस) का समर्थक बिभिन्न प्ले कार्ड प्रदर्शन गर्दै धर्नामा बसेका हुन् । उनीहरुले ‘निर्वाचन अधिकृत हो की आदेश पालक ?’, ‘निर्वाचन आयोग जनताकोे उम्मेदवार खै ?’, ‘रातारात हस्ताक्षर चोरी, राज्य संयन्त्रमा कहाँबाट आयो घुसखोरी ?’–लगायतका नाराहरु लेखेका प्लेकार्ड प्रदशर्न गरिरहेका छन् । उनीहरुले निकोलसकोे उम्मेदवारी कायम गर्न र आफ्ना उम्मेदवारलाई न्याय दिन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP