आइतबार , बैसाख ७, २०८२

१० फागुन, काठमाडौं । नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले सरकारले इमान्दारीपूर्वक प्रयास गरे आफूहरु वार्ताका लागि तयार रहेको बताएका छन् । तर वार्तामा बस्नुपूर्व सरकारले आफ्नो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै बन्दी नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने उनले बताए ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट २७ पुसमा पक्राउ परेका वास्तोलालाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशमा छुटेपछि उनले अदालत परिरसमा अनलाइनखबरसँग कुरा गर्दै वास्तोलाले भने, ‘हाम्रो पार्टी वार्ताद्वारा राजनीतिक समाधान निकाल्न तयार नै छ ।’

यसबारे पार्टीमा छलफल भएर एजेण्डाहरु समेत तय भएको उनले बताए । बास्तोलाले अघि भने, ‘यदि सरकारले वार्ता गर्ने हो भने हो भने हामी हाम्रो एजेण्डा राख्छौं ।’

वार्ता गर्छौं भन्ने, तर नेता कार्यकर्तालाई पक्राउ गरिरहेकाले सरकार समस्या समाधानमा कति गम्भीर हो भन्ने प्रश्न रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP