शुक्रबार , भाद्र १२, २०८३

१० फागुन, काठमाडौं । नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले सरकारले इमान्दारीपूर्वक प्रयास गरे आफूहरु वार्ताका लागि तयार रहेको बताएका छन् । तर वार्तामा बस्नुपूर्व सरकारले आफ्नो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै बन्दी नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने उनले बताए ।

ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट २७ पुसमा पक्राउ परेका वास्तोलालाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशमा छुटेपछि उनले अदालत परिरसमा अनलाइनखबरसँग कुरा गर्दै वास्तोलाले भने, ‘हाम्रो पार्टी वार्ताद्वारा राजनीतिक समाधान निकाल्न तयार नै छ ।’

यसबारे पार्टीमा छलफल भएर एजेण्डाहरु समेत तय भएको उनले बताए । बास्तोलाले अघि भने, ‘यदि सरकारले वार्ता गर्ने हो भने हो भने हामी हाम्रो एजेण्डा राख्छौं ।’

वार्ता गर्छौं भन्ने, तर नेता कार्यकर्तालाई पक्राउ गरिरहेकाले सरकार समस्या समाधानमा कति गम्भीर हो भन्ने प्रश्न रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP