आइतबार , भाद्र १४, २०८३

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ११ दशमलव ५१ अंकले बढेर नेप्से सूचक १८ सय ६६ दशमलव ६७ विन्दुमा आइपुगेको छ ।

यस्तै सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४८ अंकले बढेर तीन सय ६६ दशमलव ११ विन्दुमा पुगेको छ । बुधबार नेप्से सूचक दोहोरो बढे पनि कारोबार रकम भने उत्साहजनक हुन सकेको छैन ।

मंगलबार अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घटाउन अध्ययन समितिलाई आग्रह गरेको थियो । त्यसैको प्रभाव बुधबारको बजारमा देखिएको हुन सक्ने कतिपयको आंकलन छ । नेप्से सूचक दोहोरो बढे पनि कारोबार रकम उत्साहजनक हुन सकेको छैन । लगानीकर्ता शेयर खरिद–बिक्री गर्नका लागि ‘पर्ख र हेर’ को नीति अपनाइरहेका छन् ।

अर्कोतर्फ नेप्से एक हजार नौ सयको प्रतिस्थापनको खोजीमा देखिएको भए पनि सफल हुन सकिरहेको छैन । एक हजार आठ सयको टेवा परीक्षणकै क्रममा बजार निरन्तर घुमिरहँदा नीतिगत सकारात्मकको बाटोबाट बजार माथिल्लो अंकमा उक्लिन सक्ने आकलन लगानीकर्ताहरूले गरेका छन् ।

हालसम्म बजारलाई बढवा हुनेका खालका कुनै नीतिगत सुधार हुन सकेको छैन । तर, मंगलबार अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घटाउनका अध्ययन समितिसमेत बुझाएको थियो । त्यसैको सकारात्मक प्रभाव बुधबारको बजारमा देखिएको छ । यद्यपि, यो नै दीर्घकालीन भने रहँदैन ।

बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २३ कम्पनीको २० लाख ८५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६९ करोड १७ लाख रुपैयाँको कारोकार भएको छ । पछिल्लो ६ कारोबार दिनदेखि सेयर कारोबार एक अर्ब पनि पुग्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP