मंगलबार , अषोज २७, २०८३

काठमाडौं । विश्वकै पाका राजनीतिज्ञमध्ये एक महाथिर मोहम्मद मलेसियाको आम चुनावमा फेरि उठ्ने भएका छन् । जबकी उनी ९७ वर्ष पुगिसकेका छन् । महाथिर दुई पटक प्रधानमन्त्री भइसकेका छन् । पहिलो पटक प्रधानमन्त्री बनेपछि उनी सो पदमा निरन्तर २२ वर्ष कायम रहे । २०१८ मा ९२ वर्षको उमेरमा उनी दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।

केही समयअघि मुटुको समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । तर, अहिले आफू आफ्नो सिटको रक्षा गर्नसक्नेगरी स्वस्थ भएको उनको भनाइ छ । आफ्नो गठबन्धनले चुनाव जिते प्रधानमन्त्री बन्ने कि नबन्ने भन्ने चाहिँ उनले खुलाएका छैनन् ।

‘प्रधानमन्त्रीको को बन्ने भन्ने हामीले निर्णय गरेका छैनौँ। किनभने प्रधानमन्त्रीको उम्मेदवारी हामीले जित्यौँ भने मात्रै सान्दर्भिक हुन्छ,’ महाथिरले पत्रकार सम्मेलनमा भने । सोमबार मलेसियाको संसद् भंग गरिएको छ। जसले नयाँ आम चुनावका लागि बाटो खोलेको छ । सो चुनावले जारी राजनीतिक अस्थिरता अन्त्य गर्ने अपेक्षा लिइएको छ ।
महाथिर १९६४ मा पहिलो पटक सांसद बनेको थिए । १९८० को दशकदेखि मलेसियाको तीव्र आर्थिक विकासको जस उनलाई जाने गर्छ । प्रधानमन्त्री नाजिब रज्जाकमाथि सरकारी कोषको करोडौं डलर हिनामिना गरेको आरोप लागेपछि उनलाई चुनौती दिन २०१८ मा महाथिर सन्यास फिर्ता गरेर राजनीतिमा फर्केका थिए ।

पुराना प्रतिस्पर्धी अनवर इब्राहिमको सहयोगमा उनी फेरि प्रधानमन्त्री बने । नाजिब भने भ्रष्टाचार आरोपमा जेल परे । तर, सो गठबन्धन टिकेन र २०२० मा महाथिर पदच्यूत भए । महाथिरलाई विगतमा हृदयघात भएको थियो र बाइपास सर्जरी गरिएको थियो । कोभिडका कारण अस्पताल भर्ना भएका उनी गत महिना मात्र डिस्चार्ज भएका थिए । बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP