मंगलबार , अषोज २७, २०८३

मस्को । युक्रेनले मस्कोको फौजबाट हालै फिर्ता लिएको युक्रेनको पूर्वी दोनेत्स्क क्षेत्रका दुई शहरमा रुसी हमलामा मारिएका दर्जनौं सर्वसाधारणको शव फेला पारेको मंगलबार जनाएको छ ।

‘स्भियाटोगिर्स्क र लाइमनका मुक्त शहरहरूमा, कानून प्रवर्तन अधिकारीहरूले नागरिकहरूको सामूहिक रुपमा शव गाडिएको ठाउँहरू पत्ता लगाए’, अभियोजक जनरलले एक विज्ञप्तिमा भने, ‘स्भियाटोगिर्स्कमा ३४ र लिमानमा ४४ अन्य अवशेषहरू निकालिएको थियो ।’

लिमानको एउटा चिहानमा अधिकारीहरूले करिब ११० वटा चिहान फेला पारेको अभियोजकको कार्यालयले जनाएको छ । ‘सबैभन्दा कान्छी व्यक्ति केबल एक वर्षकी छिन् । उनको शव सम्पूर्ण परिवारको छेउमा गाडिएको छ‘, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP