आइतबार , भाद्र १४, २०८३

अर्घाखाँची । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले संविधानको रक्षा गर्दै संविधान बचाउन लागि लोकतान्त्रीक गठबन्धनको जित अपरिहार्य रहेको बताईन् ।

रिपोर्टस क्लव नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सन्धिखर्कमा भएको साक्षात्कार कार्यक्रममा नेतृ भुसालले राष्ट्र र राष्ट्रियताको रक्षाका लागि पनि गठबन्धनको जित सुनिश्चित रहेको बताईन् ।

अर्घाखाँची जिल्लामा निर्वाचनमा जित्नै पर्छ, गठबन्धन दल एकतावद्व रूपमा अगाडि बढेका छौँ, जिल्लाको विकासका लागि काँग्रेसको योगदान धेरै छ । गरिब जनता धनी भए मात्रै विकासको महसुस हुने भएकाले कृषि र पशुपालनबाट जनताको आयस्तरमा वृद्धि हुने भएकाले गठबन्धनको जित सुनिश्चित हुनुपर्ने बताईन् ।

प्रदेश सभा (क) का लोकतान्त्रीक गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुर कुमार विकले पुर्वाधार विकास सँगै कृषि र पशुपालनको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने बताए ।

प्रदेश सभा (ख) का उम्मेदवार तथा काँग्रेसका नेता कमल प्रसाद भुसालले पर्यटनको क्षेत्रबाट अर्घाखाँचीमा विकास सम्भव भएको बताए । उनले अर्घाखाँचीको विकासका लागि सुपादेउराली आएका पर्यटकलाई सन्धिखर्क, अर्घार मालारानी, छत्रदेव हुँदै पाणिनि सम्म लैजानेगरी वृहत् कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुशीला श्रीपालीले राजनितीक अस्तित्वका लागि अर्घाखाँचीमा गठबन्धनको जित हुनुपर्ने बताईन् ।

नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानले गठबन्धन भित्र एकजुट रहेको बताए । उनले अर्घाखाँचीको विकास र समृद्धिका लागि लोकतान्त्रीक गठबन्धनको जित हुनुपर्ने बताए ।

सोही अवसरमा नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा निर्वाचित प्रेमनारायण आचार्य, केन्द्रीय लेखा समिति सदस्य घनश्याम पौडेल, प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनाललाई सम्मान गरिएको छ ।

कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, सदस्य रूद्रमणि भुसालको सञ्चालनमा सम्पन्न भएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP