मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेले उम्मेदवारी फिर्ता लिन चाहेमा सूचीबाट आफ्नो नाम फिर्ता गर्न सक्ने छन् ।

निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयभित्र निर्वाचन अधिकृत समक्ष सूचना दिई आफ्नो नाम फिर्ता लिन सक्ने छन् । उम्मेदवारी फिर्ता लिएको सूचना उम्मेदवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले दाखिला गर्नु पर्नेछ ।

कुनै दलको तर्फबाट मनोनयनपत्र दर्ता भएको उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन क्षेत्रमा दलले औपचारिक रुपमा तोकिएको समयमा पत्र पठाएमा उसलाई उम्मेदवारबाट हटाइने छ । नाम फिर्ता लिएको सूचना प्राप्त भएमा निर्वाचन अधिकृतले त्यस्तो सूचना दर्ता किताबमा दर्ता गरी सो जानकारी सूचना दर्ता गराउने व्यक्तिलाई दिनेछ ।
उम्मेदवारविरुद्ध उजुरी परे के गर्ने ?
यसैबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेविरुद्ध आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गर्न सकिने छ ।

निर्वाचन आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृत समक्ष उक्त समयमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूचि–१६ बमोजिम उजुरी दिन सकिने छ । उम्मेदवारको योग्यताको सम्बन्धमा कुनै उम्मेदवार वा निजको प्रतिनिधिले उजुरी दिन सक्ने छन् ।

कसैले उजुरी दिएमा निर्वाचन अधिकृतले सो उजुरी प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–१७ बमोजिमको दर्ता किताबमा दर्ता गरी निर्देशिकाको अनुसूची–१८ बमोजिमको भर्पाई सम्बन्धित उजुरीकर्तालाई दिनु पर्नेछ ।

निर्वाचन अधिकृतले निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि सो म्याद भित्र दर्ता हुन आएका उजुरीको विवरण उक्त निर्देशिकाको अनुसूची–१९ बमोजिम तयार गरी आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।

यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो सो पक्षले सो सूचनामा तोकिएको समयमा प्रमाण सहित उपस्थित हुनु पर्ने व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ । यसरी सूचना प्रकाशन भए पछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP