शनिबार , भाद्र १३, २०८३

किभ । युक्रेनको अर्थतन्त्र २०२२ को पहिलो तीन त्रैमासिकमा २०२१ को सोही अवधिको तुलनामा करिब ३०% ले संकुचित भएको छ । रुसी हमलाका कारण युक्रेनी जनजीवन अस्तव्यत भइरहेका बेला त्यहाँको अर्थतन्त्रमा पनि संकुचन आइरहेको युक्रेनी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेप्टेम्बरमा खराब मौसमले उब्जनीमा सुस्त बनाएको, जापोरिज्जिया आणविक उर्जा केन्द्रबाट बिजुली आपूर्तिमा अवरोध आएको विज्ञप्तिमा उल्लेख छ । युक्रेन र रुसले एकअर्कालाई उर्जा केन्द्रमा गोलाबारी गरेको आरोप लगाउँदै आएका छन् ।

तर, निर्यातमा केही सुधार आएको छ । सेप्टेम्बरमा निर्यात २३ प्रतिशतले बढेको छ, जुन फेब्रुवरीमा युद्ध सुरु भएदेखिको उच्चतम स्तरमा पुगेको बताइएको छ । ‘सेप्टेम्बरमा सुधार भयो, तर दुश्मनले युक्रेनी भूभागमा गोलाबारी जारी राख्यो जसका कारण व्यापारिक भवन र लजिस्टिकमा दबाब सिर्जना गर्यो’, मन्त्रालयले भनेको छ ।

‘उत्पादन सुविधा, पूर्वाधार र आवासीय भवनको थप विनाश साथै युद्ध कति लामो हुन्छ भन्ने अनिश्चितताले विकासमा बाधा पु¥याइरहेको छ र रिकभरी रोकिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP