शुक्रबार , बैसाख १२, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको जनाएको छ । एक सूचना जारी गर्दै आयोगले देशभर मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको संख्या सार्वजनिक गरेको छ ।

आयोगका अनुसार प्रतिनिधि सभामा कुल २,१२८ जनाले उम्मेदवारी दिएका छन् । जसमा १,९३७ जना पुरूष र १९१ जना महिला छन् । प्रदेश सभातर्फ २,६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २,८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्मको समय उपलब्ध गराएको थियो । अहिले सार्वजनिक गरेको विवरण पनि कतिपय जिल्ला र निर्वाचन क्षेत्रबाट सञ्चार सम्पर्कमा सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको आयोगको भनाइ छ ।

सात वटा प्रदेश सभामध्ये सबैभन्दा धेरै उम्मेदवार मधेश प्रदेशमा छन् । यस्तै सबैभन्दा कम उम्मेदवार कर्णाली प्रदेशमा छन् । प्रदेश १ मा ४९४, मधेस प्रदेशमा ७६७, बागमती प्रदेशमा ६३५, गण्डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ८१ र सुदूरपश्चिम प्रदेशमा २०३ जना उम्मेदवारहरू छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख ११, २०८२ बिहिबार 50 Views

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP