मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको समयअनुसार २०७९ सालको विजया दशमीमा टीका–जमरा लगाउने उत्तम साइत सार्वजनिक गरेको छ ।

हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले नेपालमा टीकाका लागि शुभ मुहूर्त भए पनि अन्य देशमा त्यो समय उपयुक्त नहुन सक्ने भएकाले विभिन्न देशका लागि छुट्टाछुट्टै साइत सार्वजनिक गरिएको हो । स्थानीय पञ्चाङ्गअनुसार एउटै प्रकृतिको मुहूर्त पनि फरक समयमा हुने भएकाले स्थानीय पञ्चाङ्गबाट मात्र शुभमुहूर्त यकिन हुने भएकाले भिन्न भिन्न देशका लागि त्यहाँको समयअनुसारको साइत तोकिएको समितिले जनाएको छ ।

गत असोज ४ गते समितिद्वारा जारी विज्ञप्तिमा नेपालका लागि बिहान ११ः५१ बजे, देहली, भारतका लागि बिहान १०ः४५ बजे शुभ साइत तोकेको छ । त्यस्तै न्युयोर्क, अमेरिकाका लागि अक्टोबर ४ तारिकका दिन बिहान ११ः११, केन्टुकी, अमेरिकामा सोही दिन बिहान ११ः५५, टेक्सासमा ११ः३५ बजे, क्यालिफोर्नियामा ११ः४५ बजे रहेको छ ।

यस्तै वासिंटन डीसीमा बिहान ११ः२५ बजे टीकाका लागि उत्तम साइत रहेको छ भने क्यानडाको टोरन्टोमा पनि सोही दिन बिहान ११ः३९ बजे, क्यानडाको भ्यानकुभरमा बिहान ११ः४५ बजे, स्विट्जरल्यान्डमा बिहान ९ः५५, बेलायतमा बिहान ११ः५७ बजे, पोर्चुगलको लिस्बनमा बिहान ११ः३५ बजे, फ्रान्सको पेरिसमा बिहान ११ः५५ बजे र नर्वेको ओस्लोमा टीकाको उत्तम साइत बिहान ११ः५५ बजे रहेको समितिले जनाएको छ ।

यस्तै टोकियो, जापानका लागि अक्टोबर ५ मा बिहान १०ः ३९ बजे, न्युजिल्यान्डमा सोही दिन बिहान १०ः५७, अस्ट्रेलियाको सिड्नीमा बिहान १०ः४१, मेलबर्नमा बिहान १०ः५५ बजे, ब्रिसबेनमा बिहान ११ः०५ बजे, मलेसियाको क्वालालाम्पुरमा बिहान १०ः२५ बजे, सिंगापुरमा बिहान ११ः२७ बजे रहेको छ ।

यस्तै थाइल्यान्डमा बिहान १०ः२१ बजे, हङकङमा बिहाना १०ः५५, दक्षिण कोरियामा बिहान १०ः५१ बजे, साउदी अरेबियामा बिहान ९ः५५ बजे, कतारमा बिहान ८ः१५ बजे र यूएईमा सोही दिन बिहान ९ः०१ बजे टीकाको उत्तम साइत रहेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै इजरायलमा पनि अक्टोबर ५ मा बिहान १०ः२७ बजे, म्यानमारमा बिहान ९ः५५ बजे टीकाको शुभ साइत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP