मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले यस वर्षको विजया दशमी (दशैं) मा भारी वर्षाको प्रक्षेपण गरेको छ । महाशाखाले मनसुनको उत्तरार्धमा भारतको आन्ध्र प्रदेशको तट तथा पश्चिम–मध्य बंगालको खाडीको तल्लोतटीयमा बनेको सामुद्रिक आँधीका कारण नेपालमा नवमी अर्थात् १८ असोजबाट मनसुनी वर्षा हुने प्रक्षेपण गरेको हो ।

‘न्यून चापीय रेखा उत्तर–पश्चिमतर्फ सरिरहेको छ, नेपालमा यसको अवसरका कारण नवमीबाट वर्षा हुने देखिएको छ,’ महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले भने, ‘विजया दशमीको दिन देशभर वर्षा हुने देखिएको छ ।’ महाशाखाले शुक्रबार ‘दशैंका लागि विशेष मनसुन बुलेटिन’ जारी गर्दै २१ असोज द्वादशीसम्म वर्षाको प्रक्षेपण गरेको छ ।

विजया दशमीका दिन देशका धेरैजसो क्षेत्रमा वर्षाको आकलन गरिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै क्षेत्रमा त भीषण वर्षा हुने आकलन महाशाखाले गरेको छ । त्यसअघि नवमीका दिन प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित अन्य क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ ।महाशाखाका अनुसार २० असोज एकादशीमा अझ धेरै वर्षा हुने आकलन गरिएको छ ।

यो दिन देशभर बदली हुने र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको चेतावनी दिइएको छ । २१ असोजमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका धेरै ठाउँ र बाँकी प्रदेशका केही क्षेत्रमा वर्षा हुनेछ । यी प्रदेशका केही क्षेत्रमा भीषण वर्षाको सम्भावना छ ।

हामीले द्वादशीसम्मको मौसम प्रक्षेपण गरेका छौँ, त्यतिन्जेल मनसुन सक्रिय नै रहने देखिन्छ । त्यसपछिको मौसम कस्तो हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।

सामान्यतयाः १६ असोज अर्थात् फूलपातीभित्र मनसुन बाहिरिसक्नुपर्ने हो । बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एकदेखि डेढ साता पर धकेलिएको हो । ‘हामीले द्वादशीसम्मको मौसम प्रक्षेपण गरेका छौँ, त्यतिन्जेल मनसुन सक्रिय नै रहने देखिन्छ,’ प्रधानाङ्गले भने, ‘त्यसपछिको मौसम कस्तो हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन ।’

पछिल्लो एक साता मनसुनी गतिविधि निष्क्रिय जस्तै भएकोमा फेरि गतिविधि देखा परेका हुन् । भारतमा शनिबार र आइतबार ओडिसा, छत्तिसगढमा भीषण वर्षाको आकलन गरिएको छ । यो गतिविधि त्यहाँबाट बिस्तारै उत्तर सर्दै आएको छ । गत वर्ष पनि दशैंताका नेपालमा ठूलो वर्षा हुनुका साथै बाढीले धानबाली नष्ट गरेको थियो । यद्यपि, त्यतिखेर मनसुन बाहिरिसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP