बिहिबार , बैसाख ४, २०८२

काठमाडौं । गत शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको प्रेमगीत ३ को कमाइ सार्वजनिक गरिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले गत शुक्रबारदेखि बिहीबारसम्मको कमाइ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।

गत शुक्रबारबाट नेपाली र हिन्दी भाषामा प्रेमगीत ३ विश्वभर प्रदर्शनमा आएको हो । नेपालमा गत शुक्रबार नेपाली संस्करणमा २.०५ करोड, शनिबार २.०५ करोड, आइतबार ९५.५० लाख ग्रस गरेको सेनले जानकारी दिए ।

नेपालमा नेपाली र हिन्दी संस्करणबाट सोमबार १.१५ करोड, मंगलबार ०.६५ करोड, बुधबार ०.६१ करोड र बिहीबार ०.५३ करोड ग्रस गरेको निर्माता तथा निर्देशक सेनले बताए । उनका अनुसार गत शुक्रबारदेखि बिहीबारसम्म नेपालमा ७.९६ करोड रुपैया ग्रस गरेको छ ।

यसैगरी भारतमा दुवै भाषाको संस्करणमा गत शुक्रबार १.१२ करोड, शनिबार ०.८३ करोड, आइतबार ६४.४९ लाख, सोमबार ३४.२९ लाख, मंगलबार २२.१७ लाख, बुधबार १७.३० लाख बिहीबार १२.१० लाख ग्रस गरेको सेनले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उनका अनुसार भारतमा एक साताको ग्रस ३.४४ करोड भारतीय रुपैयाँ ग्रस गरेको हो ।

नेपाल र भारतबाहेक ओभरसिज प्रेमगीत ३ को कमाइ ६.२१ करोड भारतीय रुपैयाँ रहेको उनले जानकारी दिए । सेनका अनुसार ओभरसिज नेपाली हिन्दी संस्करणबाट गत शुक्रबार १.६७ करोड, शनिबार १.२३ करोड, आइतबार ७९.३० लाख, सोमबार ८९.३० लाख, मंगलबार ६२.३० लाख, बुधबार ५४.१९ लाख र बिहीबार ४६.१५ लाख ग्रस गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP