आइतबार , भाद्र १४, २०८३

काठमाडौँ । प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन गर्ने दिन छोटिंदै गइरहेका बेला ठूला दलहरु उम्मेदवार छनोटको अन्तिम गृहकार्यमा जुटेका छन् । तर मुख्य दलहरुलाई उम्मेदवार टुङ्गो लगाउन समस्या देखिएको छ । चुनावी कार्यक्रमअनुसार अबको ९ दिनपछि अर्थात असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् ।

मुख्य सत्तारूढ दल नेपाली कांग्रेसभित्र एकातिर समानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट संख्या र उम्मेदवार तय गर्न सकस भइरहेको छ । कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि समानुपातिक बन्दसूची सच्याउन र प्रत्यक्षमा संस्थापन इतर समूहका नेतालाई चित्त बुझाउने गरी सिट मिलाउन दबाब छ । माओवादी केन्द्रभित्र पनि समानुपातिक सूचीमा विवाद देखिएको छ भने प्रत्यक्षतर्फका उम्मेदवार तय गर्न सकेको छैन ।

सत्ता गठबन्धनकै दलहरु नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई पनि उम्मेदवार चयन गर्न सकस परिरहेको छ । गठबन्धनभित्र सिट संख्या बाँडफाँटको कुरा नमिल्दा पनि सत्तारुढ दलहरुलाई आन्तरिक रुपमा उम्मेदवार टुङ्गो लगाउन समस्या भएको हो ।

गठबन्धनको हिजो निर्णायक भनिएको बैठकमा पनि सिट बाँडफाँटमा कुरा मिल्न सकेन । कार्यदलमा सहमति नभएपछि अब शीर्ष नेताहरुले लेनदेन गरेर मिलाउने तयारी भएको छ । कांग्रेसले ८४, माओवादीले ४४, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने गरी सहमति हुन लागेको भनिए पनि कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् ।

यस्तै प्रमुख प्रतिपक्षी दल एमालेले पनि प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार टुङ्गो लगाउन बाँकी छ । एमालेले पर्सि आइतवारसम्ममा प्रत्यक्षतर्फका उम्मेदवार तय गर्ने बताउँदै आएकोे छ । एमालेको हिजो बसेको सचिवालय बैठकमा उम्मेदवारको विषयमा प्रारम्भिक छलफल भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले परामर्श गरेपछि मात्रै उम्मेदवारको नामावली टुङ्ग्याउने एमालेको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP