सोमबार , जेठ २७, २०८२

काठमाडौं । सरकारले समयमै ध्यान पुर्‍याउन नसक्दा नेपालमा डेंङ्गी संक्रमणले दिनहुँ ‘डरलाग्दो’ रुप लिंदै गएको छ । नेपालमा डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ जना पुगेको छ । गएको साउनदेखि आज बिहीवारसम्म डेङ्गीका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । अहिलेसम्म देशभरका २८ हजार १०९ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ । प्रदेशगतरूपमा सबैभन्दा धेरै बाग्मतीमा २१ हजार नौ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि लुम्बिनी प्रदेशमा तीन हजार एक सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश १ मा आठ सय २९, मधेस प्रदेशमा चार सय १३, गण्डकीमा ६ सय ७७, कणर्ालीमा दुई सय ३८ र सुदूरपश्चिम प्रदेशमा आठ सय ५० जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेङ्गीबाट जोगिने एकमात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो । यसैबीच पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार ६७८ जनाको नमुना परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अब नेपालमा एक हजार ७७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP