आइतबार , भाद्र १४, २०८३

काठमाडौं । सरकारले समयमै ध्यान पुर्‍याउन नसक्दा नेपालमा डेंङ्गी संक्रमणले दिनहुँ ‘डरलाग्दो’ रुप लिंदै गएको छ । नेपालमा डेङ्गी सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ जना पुगेको छ । गएको साउनदेखि आज बिहीवारसम्म डेङ्गीका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । अहिलेसम्म देशभरका २८ हजार १०९ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ । प्रदेशगतरूपमा सबैभन्दा धेरै बाग्मतीमा २१ हजार नौ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि लुम्बिनी प्रदेशमा तीन हजार एक सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश १ मा आठ सय २९, मधेस प्रदेशमा चार सय १३, गण्डकीमा ६ सय ७७, कणर्ालीमा दुई सय ३८ र सुदूरपश्चिम प्रदेशमा आठ सय ५० जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेङ्गीबाट जोगिने एकमात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो । यसैबीच पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार ६७८ जनाको नमुना परीक्षण गर्दा ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ७० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । अब नेपालमा एक हजार ७७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP