मंगलबार , बैसाख २९, २०८३

लुुम्बिनी।नेपाललीको महान पर्व दशैंको अवसर लुम्बिनी विकास कोषले यान्त्रिक परीक्षणका लागि विहिबारदेखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ । एसियाली विकास बैंकको सहयोगमा डेढ बर्ष वर्षअगाडि लुम्बिनीमा आएका पाँच वटा विद्युतीय बसको अफिसियल र यान्त्रिक परीक्षणका लागि बौद्ध सर्किटमा निशुल्क बस सञ्चालन गरिएको हो ।

बसको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेत्तय) र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण) ले संयुुक्त रुपमा शुुभारम्भ गरे । शुरभारम्भ समारोहमा बोल्दै कोषका उपाध्यक्ष भिक्षु मेत्तयले गौतमबुुद्ध अन्र्तराष्ट्रिय विमानस्थलबाट आउने पर्यटक र बौद्ध सर्किट वरपरका आन्तरीक पर्यटकलाई लक्षित गरि यान्त्रिक परीक्षणका लागि विद्युतीय बस सञ्चालन गरिएको बताए । उनले लुम्बिनीलाई प्रदुुषण रहित बनाउन विद्युतीय गाडी सञ्चालन गर्ने अवधारण अघि सारिएको बताए ।

एसियाली विकास बैंकले भन्सार प्रक्रिया समेत पूूरा नगरि लुम्बिनीमा विद्युतीय गाडीहरु ल्याएर राख्दा लामो समयसम्म चल्न नसकेको जस्तो सन्देश गएको उपाध्यक्ष मेत्तयको भनाई छ । उनले यान्त्रिक परीक्षणको सफलतापछि निरन्तर सञ्चालन हुने बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निशुल्क रुपमा सञ्चालन गरिएको विद्युतीय बसबाट आन्तरीक पर्यटकले फाईदा लिने बताए । उनले विद्युतीय गाडी सञ्चालनका सन्दर्भमा आइपर्ने सुरक्षा तथा अन्य प्रशासनिक कामहरु आफुहरुले गर्ने प्रतिबद्धता जनाए । उनले निशुुल्क बस सञ्चालनले आन्तरीक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुुग्ने बताए ।

शुुभारम्भ समारोहमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष एंव विद्युतीय गाडी सञ्चालन कार्यविधिका पूूर्व संयोजक ढुुण्डिराज भट्टराई (सिद्धिचरण)ले विद्युतीय बसको परीक्षण सञ्चालनपछि निरन्तर सञ्चालन गरिने बताए । उनले प्रक्रियागत झन्झट र प्राविधिक बिषयका कारण सञ्चालनमा केहि ढिलाई भएपनि अहिले सबै पक्षको सहयोगमा बौद्ध सर्किटमा विद्युतीय बस सञ्चालन गरिएको बताए । उनले धम्म यात्रा मार्फत आन्तरीक पर्यटकलाई लुम्बिनी र बौद्ध सर्किटमा ल्याउन सहज हुने बताए । निकै मेहनतका साथ कार्यदलले कार्यविधि मस्यौदा र सञ्चालन सम्बन्धमा कोषका अध्यक्ष नागरिक उड्डयन, पर्यटन तथा सँस्कृती मन्त्री जीवनराम श्रेष्ठलाई प्रतिवेदन बुुझाएको सोही प्रतिवेदन अनुसार परीक्षण सञ्चालन गरिएको उनले बताए ।

दशैं, तिहार र छठ जस्ता पर्वहरुमा आन्तरीक पर्यटकहरुले लुम्बिनी र बौद्धसर्किटका क्षेत्रहरुमा निशुल्क रुपमा यात्रा गरेर सेवा लिन सक्ने गरि बसको यान्त्रिक परीक्षण गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले अहिले नम्बर प्लेटका लागि अनुुमती लिने काम भइरहेको बताउँदै केहि दिनमै हरियो नम्बर प्लेट राखेर सञ्चालन गरिने बताए । ‘यान्त्रिक परीक्षण गरेपछि प्राविधिक पक्ष थाहा हुनेछ, त्यसपछि निरन्तर सञ्चालन हुन्छ’ सदस्य सचिव शाक्यले भने ।

५ वटा विद्युतीय गाडीका लागि ६वटा रुट तय गरेर सञ्चालन गरिएको परीक्षण इकाईका संयोजक एंव कोषका सदस्य विश्वराज पौडेलले बताए ।
उनका अनुसार लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम (रुट १), लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क (२), लुम्बिनी देखि तिलौराकोट बुद्ध सर्किट परिक्रमा (रुट ३), लुम्बिनी वरिपरि सटल बस ( रुट ४) , लुम्बिनीदेखि एयरपोर्ट बेलहिया (रुट ५) लुम्बिनी मणिग्राम हुँदै देवदह (रुट ६) छन् । विद्युतीय बसको परिक्षण सञ्चालनका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, निजि क्षेत्र र कोषले एक÷एक जना चालकको व्यवस्थापन गरेका छन । लुम्बिनीका विद्युतीय गाडीका लागि १७ ठाउँमा चार्जको व्यवस्था गरिएको योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोडको लागतमा बस तथा ट्याक्सी भित्रिएका हुन । ५ वटा बस र १४ वटा भ्यान लुम्बिनीमा रहेका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणले पर्यटन दिवसमा विद्युतीय बस सञ्चालनका लागि निर्देशन दिएलगत्तै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे सहित कोष र सुुरक्षा समितिको बैठक बसेर विद्युतीय गाडी सञ्चालनका लागि रुट तय गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP