आइतबार , भाद्र १४, २०८३

बुटवल । बुटवल उपमहानगरपालिकाले सरसफाई अभियान अन्तरगत गोलपार्कदेखि अस्पताल लाईनसम्मको सडकमा सरसफाई गरेको छ । चाडवाडलाई लक्षित गरेर उपमहानगरपालिकाले बुधबारदेखि तीन दिने सरसफाई अभियान सञ्चालन गरेको हो ।

सरसफाई अभियानअन्तरगत बसपार्क क्षेत्र, राजमार्ग, लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र, आम्दा अस्पताल क्षेत्र र सबै वडा कार्यालयहरुले वडा क्षेत्रभित्र सरसफाई गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

सरसफाईसँगै डेंगु नियन्त्रण अभियान र सचेतना अभियान सञ्चालन हुने उहाँले बताउनुभयो । बुटवल नगरलाई सफा, सून्दर राख्नका लागि सबै नगरबासीको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले आफ्नो घर, टोल र नगर सफा राख्नका लागि आग्रह गर्नुभयो । उहाँले हरेकजसो रोग फोहोरमैला र प्रदुषित वातावरणबाट फैलिने भएकाले सरसफाईमा ध्यान दिन नगरबासीलाई आग्रह गर्नुभयो ।

उहाँले चाडबाड सकिएलगत्तै नियमित सरसफाईका लागि नीति बनाएर बुटवललाई सफा र सुन्दर बनाउने बताउनुभयो । अभियानअन्तरगत शुक्रबार अस्पताल लाईन र राजमार्ग चौराहादेखि योगीकुटीसम्मको सडक क्षेत्र सरसफाई गर्ने कार्यक्रम रहेको उपप्रमुख तथा नगरस्तरीय सरसफाई अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालले जानकारी दिनुभयो ।

अभियानकै क्रममा सडक क्षेत्रका खाल्डाखुल्डी पुर्ने, नाली व्यवस्थित गर्ने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।
मुख्य सडकमा सञ्चालन हुने अभियानमा उपमहानगरपालिकाको सरसफाई टीम, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघ संस्था सहभागी हुने र वडाहरुमा वडास्तरीय टीमले अभियान सञ्चालन गर्ने वातावरण तथा अनुगमन महाशाखा प्रमुख तुल्सा अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP