आइतबार , भाद्र १४, २०८३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगु संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएकासँगै गत साउन १ गतेदेखि नेपालमा २७ हजार ५६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा डेंगुका कारण थप चार जनाको ज्यान गएको छ । यससँगै डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । हाल सबैभन्दा बढी डेंगुका बिरामी बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा २१ हजार ५८९ जना डेंगुका बिरामी भेटिसकेका छन् ।

गत साउन १ गतदेखि हालसम्म प्रदेश १ मा ८१५, मधेस प्रदेशमा ४०५, गण्डकी प्रदेशमा ६५३, लुम्बिनी प्रदेशमा ३ हजार ५०, कर्णाली प्रदेशमा २३६ र सुदूरपश्चिम प्रदेशमा ८२१ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP