शनिबार , बैसाख ६, २०८२

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावसँग कोही डराउँछ भने उसले राजनीति छोडे हुने सुझाव दिएका छन्। शुक्रबार नेपाली कांग्रेस नुवाकोटले विदुरमा आयोजना गरेको कार्यक्रममा देउवाले जहिले भए पनि चुनावका लागि पार्टी तयार हुनुपर्ने सुझाव दिए।

‘कि राजनीति छाडौँ कि चुनावको तयारीमा लागौं। २ वर्षपछि होस् कि अहिले होस् चुनाव भएरै छाड्छ। त्यसैले चुनावको तयारी गर्दैमा केही बिग्रदैन,’ उनले भने, ‘चुनावसित डराएर हुँदैन। संसद विघटन गराउन सक्ने प्रधानमन्त्रीले चुनाव पनि गराउन सक्नुपर्छ।’

चुनाव हुदैन भनेर धेरैथरी कुरा भएको उल्लेख गर्दै देउवाले गिरिजाप्रसाद कोइरालाको पालामा पनि यस्तै भएको तर चुनाव भइछाडेको बताए। ‘एक पल्ट यस्तै भएको थियो। गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो। प्रचण्डलाई पिस प्रोसेसमा ल्याएपछि। चुनावको घोषणा भयो,’ देउवाले भने, ‘कहाँ हुन्छ चुनाव ? कहाँ हुन्छ चुनाव ? भन्यो। मेरो जिल्लामा पनि चुनाव हुँदै हुँदैन भन्थ्यो। ए बाबा चुनाव हुन्छ हुन्छ भन्दा कसैले पत्याउँदैन थ्यो। अखिर चुनाव भइछाड्यो।’

उनले तयारी नगर्दा पहिले कांग्रेसको हालत खराब भएकोसमेत बताए। निर्वाचन हुँदैन हुँदैन भन्दाभन्दै भइहाल्यो भने चुनावको तयारी नपुग्ने भएकोले अहिलेदेखि नै तयारी थाल्नुपर्ने देउवाको भनाई छ। उनले भने, ‘चुनाव हुँदैन हुँदैन भन्छन् भइदियो भने नि। त्यसैले तयार हुनुस्। ओलीले चुनाव नगरेर सुख पाउँछ यहाँ।’ उनले सर्वोच्च अदालतको सम्मान गर्नुपर्ने बताउँदै प्रतिनिधि सभा विघटनबारे कांग्रेसलाई जस्तो निर्णय आए पनि मान्य हुने स्पष्ट पारे।

देउवाले अहिले कम्युनिस्ट पार्टीमा ओलीविरुद्ध बोल्ने मेलो आए पनि प्रचण्डविरुद्ध भने अझै बोल्न सक्ने अवस्था नआएको बताए। आफूले निर्वाचन अघि कम्युनिस्ट सरकार आए रुन पनि नपाउने भनी राखेको भनाई स्मरण गर्दै यस्तो बताएका हुन्। ‘ओलीको खिलाफमा बोल्न सक्ने भयो बल्ल। प्रचण्डको खिलाफमा कोही बोल्न सक्छ अहिले?’ देउवाले प्रश्न गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP