मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपालमा दर्शक र समीक्षकबाट उत्कृष्ट फिल्मको प्रतिक्रिया पाएको ‘ऐना झ्यालको पुतली’ हलमा चलिरहेको छ । तेस्रो हप्तामा पनि दर्शकको राम्रो साथ पाइरहेको फिल्मले अब चाँडै विदेशमा पनि यात्रा थाल्ने भएको छ ।

देशमा पाएको प्रतिक्रियाले डायस्पोरामा रहेका दर्शकलाई लोभ्याएपछि अहिले फिल्म विदेशमा डिमान्डेड भएको छ । नेपालीभाषीको बाहुल्य भएका धेरै देशले फिल्मको प्रदर्शनमा चासो देखाएको र यसका प्रदर्शन अधिकार बिक्ने क्रम जारी रहेको निर्माता आकाश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार फिल्मको अस्ट्रेलिया र न्युजिल्यान्ड अधिकार भर्खरै बिक्री भएको छ भने जापानमा फिल्म केही समयअघि नै बिक्री भइसकेको छ ।

निर्माता पौडेलले अस्ट्रेलिया र न्युजिल्यान्डमा फिल्म प्रदर्शनको अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको जानकारी गराएका छन् । दुई देशका लागि १५ लाख हाराहारीमा यसको प्रदर्शन अधिकार बिक्री भएको निर्माता पौडेलले जनाएका छन् ।

यसैगरी, फिल्म साउदी अरब, कोरिया र अमेरिकामा पनि प्रदर्शन हुने तयारीमा रहेको निर्माताले जानकारी गराएका छन् । भर्खरै नेपालबाट ९५औं संस्करणको एकेडेमी अवार्ड (अस्कर) का लागि नेपालबाट सिफारिस भएको फिल्मले नेपालको बक्स अफिसबाट एक करोड हाराहारी ग्रस गरेको छ ।

बुसानको मुख्य प्रतिस्पर्धामा नेपालबाट छनोट हुने पहिलो फिल्मको रेकर्ड बनाएको सुजित बिडारी निर्देशित फिल्मले बंगलादेश ढाकाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो । त्योबाहेक फिल्म विदेशका थुप्रै फेस्टिभलमा पनि छानिएको थियो ।

तीन दशक पुरानो परिवेश र समाजलाई कलात्मक तवरले अभिव्यक्त गरेको भन्दै दर्शकबाट धाप पाइरहेको फिल्मलाई आकाश पौडेलसँगै प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी मिलेर निर्माण गरेका हुन् । फिल्ममा सिरु विष्टबाहेक नयाँ कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP