बुधबार , बैसाख १०, २०८२

मस्को । मध्य रुसको एक विद्यालयमा भएको गोलीकाण्डमा कम्तिमा १३ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । इज्हेभ्स्क शहरमा रहेको स्कुलमा भएको सो गोलीकाण्डमा मारिनेमा ७ जना विद्यार्थीहरू रहेका छन् ।

घटनामा आक्रमणकारीले आफैलाई गोली हानेको बताइएको छ । हालसम्म घटनाको कारण खुल्न सकेको छ । उद्धारकर्ताहरू घटनास्थलमा पुगिसकेका छन् । रुसी मिडियाले स्कुलको भवनभित्रको भिडियो सार्वजनिक गरेका छन् जहाँ विद्यार्थीहरू आत्तिएको देख्न सकिन्छ । केही भिडियोमा कक्षाकोठाको भुइँमा रगत र सिसामा गोलीको दुलो लगायत देख्न सकिन्छ ।

मारिने अन्यमा दुई जना शिक्षक र दुई जना सेक्युरिटी गार्डसमेत रहेको रुसी अधिकारीहरूले जानकारी दिएका छन् । विद्यालय भवनलाई अहिले खाली गरिएको छ । स्थानीय अधिकारीले आक्रमणकारीले दुईवटा पिस्तोल बोकेर आएको बताएका छन् । एक भिडियोमा सम्भावित आक्रमणकारी नाजीको सङ्केत भएको टिसर्ट लगाएर भुइँमा मृत देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP