बुधबार , बैसाख १०, २०८२

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प स्वतन्त्र हुन नसक्ने बताएका छन् ।
आज (सोमबार) सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य-मुख्य पर्यटकीयस्थलहरूको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भए पनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्प स्वतन्त्र हुन नसक्ने उनको भनाइ थियो । ‘स्वतन्त्रहरूले पनि आफ्नो ठाउँमा योगदान दिइरहेका छन् । युवाहरूको क्षमता बाहिर ल्याएका छन् । त्यो ठीक छ । तर, अहिलेका लागि लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकाले पार्टीको विकल्प छैन । राजनीतिक पार्टीभित्र युवाहरूलाई प्रोत्साहन गर्ने र पार्टीभित्र युवाहरूले नेतृत्वदायी भएर अगाडि बढ्ने कुरामा ध्यान दिनुपर्छ ।’

उनले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताए । उनले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्नेमा जोड दिए । सापकोटाले पर्वतीय क्षेत्रको विकास गर्न सके मात्रै देशमा पर्यटनको विकास हुन सक्ने जिकिर गरे । सभामुख सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासका लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको औंल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP