आइतबार , भाद्र १४, २०८३

काठमाडौं । एक वर्षअघि नेकपा (एमाले) फुटाएर बनाएको नेकपा (एकीकृत समाजवादी)मा व्रिदोहको संकेत देखिएको छ । समाजवादीमा नेपाल र सम्मानित नेता झलनाथ खनालपछि तेस्रो वरीयतामा रहेका नेता मुकुन्द न्यौपानेले अध्यक्षको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।

पछिल्लो समयमा सामाजिक सञ्जालबाट असन्तुष्टि जनाइरहेका न्यौपानेले आइतबार पुनः नेतृत्वमाथि प्रश्न उठाएका छन् । उनले एमालेबाट गरिएको विद्रोह प्रवृत्तिका विरुद्ध थियो कि व्यक्तिगत पद प्राप्तिका लागि भन्दै सार्वजनिक रुपमै आलोचना गरेका छन् । तेस्रो वरीयतामा रहे पनि न्यौपानेले ‘नेतालाई कार्यकर्ताको प्रश्न’ शीर्षक राखेर अध्यक्ष नेपालमाथि एमाले फुटाउनको औचित्यबारे सोधेका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध विद्रोह गरेर बनाइएको नयाँ पार्टी झनै लथालिङ्ग भएको पनि जिकिर गरेका छन्।

‘केपी ओलीका प्रवृत्तिविरुद्ध विद्रोह गरौँ भन्ने अनि आफूले पार्टी संचालन कमिटी परिचालन विधि र पद्धतिमा केपी ओलीभन्दा निम्नस्तरमा झरेर विधि पद्धतिको उल्लङ्घन गर्ने हो भने त्यस्तोमा कार्यकर्ताले के गर्ने?’, उनले सोधेका छन्. ‘हाम्रो विद्रोह प्रवृत्तिकाविरुद्ध थियो कि ब्यक्तिगत पद प्राप्तिका लागि लागि थियो?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP