बुधबार , बैसाख १०, २०८२

विराटनगर । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै महाअभियोग निष्क्रिय भइसकेको भन्दै सरकारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नजरबन्दमा राखेर गल्ती गरेको आरोप लगाएका छन् ।

गृह जिल्ला मोरङमा पुगेका कोइरालाले आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै महाअभियोग निष्क्रिय भएपछि अदालत हाजिर हुन लागेका राणालाई सरकारले नजरबन्दमा राखेर मानव अधिकारको समेत उल्लंघन गरेको बताए ।

कोइरालाले भने, ‘महाअभियोग लगाउने संसदको अवधि सकिएको छ । जो सांसदले महाअभियोग लगाए उनीहरू छैनन् र अब उनीहरू जितेर आउँछन् भन्ने पनि छैन । त्यहीकारण महाअभियोग स्वतः निष्क्रिय भइसकेको छ । औचित्यहीन भइसकेको महाअभियोग अर्को संसदमा जान्छ भन्नु गलत हो । सरकारले राणालाई नजरबन्द गरेर राख्नु आपत्तिजनक छ ।’ कोइराला चुनावी अभियानका क्रममा गृह जिल्लामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP