आइतबार , भाद्र १४, २०८३

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आज (आइतबार) बाट बिदा हुँदैछन् ।
कायममुकायम प्रधानन्यायाधीश कार्कीले असोज १७ गतेदेखि ६५ वर्षको उमेर हदका कारण अवकाश पाउँदै छन् । भोलिदेखि दशैं बिदा शुरू हुने भएकाले उनलाई आजै औपचारिक बिदाइ गर्न लागेको हो ।

गत फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि कार्कीले कायममुकायमको रुपमा सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए ।कार्की २०७३ साल साउमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । कार्कीले झण्डै साढे सात महिना सर्वोच्चको नेतृत्व गरेका छन् ।

दीपक कार्कीको बिदाइसँगै सर्वोच्च अदालतको नेतृत्व हरिकृष्ण कार्कीले गर्ने भएका छन् । उनी वरिष्ठतम न्यायाधीश हुन् । कार्की आगामी मंसिर २७ गतेदेखि प्रधानन्यायाधीश बन्ने छन् । त्यसअघि निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किने सम्भावना कम छ । उनीविरुद्धको महाअभियोग संसदले टुंगो लगाएको छैन । सांसदको कार्यकाल नै सकिएपछि महाअभियोग समितिले समेत छानविन पूरा गर्न सकेन ।

महाअभियोग लगाउन सिफरिस गर्दै समितिले प्रतिवेदन बुझाए पनि थप अनुसन्धान गर्नु पर्ने राय दिएको छ । तर मंसिर ४ गते हुने निर्वाचनपछि आउने संसदले मंसिर २७ गतेभित्र छानबिन टुंगो लगाउने सम्भावना लगभग छैन ।

यस्तै जबराविरुद्ध महाअभियोग लगाउन नहुने पक्षमा नेकपा एमाले देखिएको छ । एमालेको साथबिना महाअभियोग पारित नहुने भएपछि संसदले महाअभियोग प्रस्ताव संसदमै झुलाएको थियो । २०१५ भदौ २५ गते जन्मिएका कार्कीले झण्डै एक वर्ष सर्वोच्चको नेतृत्व गर्ने छन् । हरिकृष्ण २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

त्यसअघि २०६८ साल असोजमा केपी ओली प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता थिए । अन्य अदालतमा काम गरेको भने उनीसँग अनुभव छैन । उनले सर्वोच्च अदालतमा वकालत पनि गरे। उनले आगामी भदौ २५ गतेसम्म सर्वोच्चको नेतृत् वगर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP