बुधबार , बैसाख १०, २०८२

काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की आज (आइतबार) बाट बिदा हुँदैछन् ।
कायममुकायम प्रधानन्यायाधीश कार्कीले असोज १७ गतेदेखि ६५ वर्षको उमेर हदका कारण अवकाश पाउँदै छन् । भोलिदेखि दशैं बिदा शुरू हुने भएकाले उनलाई आजै औपचारिक बिदाइ गर्न लागेको हो ।

गत फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभियोग लगाउने प्रस्ताव संसदमा दर्ता भएपछि कार्कीले कायममुकायमको रुपमा सर्वोच्च अदालतको नेतृत्व सम्हालेका थिए ।कार्की २०७३ साल साउमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । कार्कीले झण्डै साढे सात महिना सर्वोच्चको नेतृत्व गरेका छन् ।

दीपक कार्कीको बिदाइसँगै सर्वोच्च अदालतको नेतृत्व हरिकृष्ण कार्कीले गर्ने भएका छन् । उनी वरिष्ठतम न्यायाधीश हुन् । कार्की आगामी मंसिर २७ गतेदेखि प्रधानन्यायाधीश बन्ने छन् । त्यसअघि निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किने सम्भावना कम छ । उनीविरुद्धको महाअभियोग संसदले टुंगो लगाएको छैन । सांसदको कार्यकाल नै सकिएपछि महाअभियोग समितिले समेत छानविन पूरा गर्न सकेन ।

महाअभियोग लगाउन सिफरिस गर्दै समितिले प्रतिवेदन बुझाए पनि थप अनुसन्धान गर्नु पर्ने राय दिएको छ । तर मंसिर ४ गते हुने निर्वाचनपछि आउने संसदले मंसिर २७ गतेभित्र छानबिन टुंगो लगाउने सम्भावना लगभग छैन ।

यस्तै जबराविरुद्ध महाअभियोग लगाउन नहुने पक्षमा नेकपा एमाले देखिएको छ । एमालेको साथबिना महाअभियोग पारित नहुने भएपछि संसदले महाअभियोग प्रस्ताव संसदमै झुलाएको थियो । २०१५ भदौ २५ गते जन्मिएका कार्कीले झण्डै एक वर्ष सर्वोच्चको नेतृत्व गर्ने छन् । हरिकृष्ण २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

त्यसअघि २०६८ साल असोजमा केपी ओली प्रधानमन्त्री हुँदा उनी महान्यायाधिवक्ता थिए । अन्य अदालतमा काम गरेको भने उनीसँग अनुभव छैन । उनले सर्वोच्च अदालतमा वकालत पनि गरे। उनले आगामी भदौ २५ गतेसम्म सर्वोच्चको नेतृत् वगर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP