सोमबार , अषोज २६, २०८३

७ फागुन, काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखबाट हटाइएका तिलक परियारले आफूलाई पदमुक्त गर्ने निर्णय अप्रत्यासित भएको प्रतिक्रिया दिएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार मात्र परियारलाई पदमुक्त गरेकी थिइन् भने राजेश झा (राजेश अहिराज)लाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । अहिराजले शुक्रबार नै सपथ लिइसकेका छन् ।

प्रदेश प्रमुखबाट हटाइएका परियारले भने आफूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयको पत्र प्राप्त भएको र त्यसमा कुनै कारण उल्लेख नभएको बताए ।

विना कारण पदमुक्त गरिएकाले त्यसविरुद्ध अदालत जाने संकेत गर्दै उनले अनलाइनखबरसँग भने, ‘सरप्राइज ढंगले पदमुक्त गरिएको छ । यही हो भने गलत नजिर बस्छ । त्यसरी कानून विदहरुसँग छलफल गरेर एउटा निर्णयमा पुग्छु ।’

परियार पूर्व माओवादी कोटाबाट प्रदेश प्रमुख नियुक्त भएका थिए । अहिले पार्टी विभाजनपछि प्रचण्ड-माधव समूहलाई सन्देश दिन उनलाई हटाइएको बताइएको छ ।

परियारले भने प्रतिनिधिसभा विघटनपछि आफू प्रधानमन्त्रीसँग कुराकानी नभएको र आफ्नो कामकारबाहीप्रति असन्तुष्टि जनाएको पनि थाहा नभएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP