बुधबार , बैसाख १०, २०८२

भक्तपुर । पुराना फोटो पत्रकार मीनरत्न बज्राचार्यले अभिनेत्री मनिषा कोइरालाले आफूलाई उनको फोटो खिच्न दिने स्वीकृति दिएपछि खुशी भएको अनुभब सुनाएका छन् । पहिला पहिला सेलिब्रेटिको फोटो खिच्न पनि अनुमति लिनुपर्ने अनुभव सुनाउँदै मनिषाका पिता प्रकाशमार्फत् आफूले मनिषाको फोटो खिच्न अनुमति पाएको स्मरण गरे ।

भक्तपुरेन्स इन फोटोग्राफी नामक सामाजिक सञ्जालको समूहले शनिबार आयोजना गरेको अनुभब आदानप्रदान कार्यक्रममा मीनले आफूले पहिलो पटक सन् १९८७ मा तत्कालिन द कमनर पत्रिकाबाट फोटो पत्रकारिताको यात्रा थालेको बताए । २०४६ सालको जनआन्दोलनको फोटोबाट चर्चित बनेको उनले बताए । उनले आफूले एउटा फोटोको मूल्य पनि सयौं डलरसम्म पनि पाएको अनुभब सुनाए । पहिला पहिला फोटो खिचेर स्टोरी बन्ने गरेको धेरै अनुभब पनि उनले सुनाए ।

भक्तपुरमा एक जना पुराना र एक जना नयाँ गरी दुई जना फोटो पत्रकारहरुको आ-आफनो फोटो पत्रकारिताको यात्रा अनुभब साटासाट कार्यक्रममा पुराना फोटो पत्रकार मीनरत्न बज्राचार्य र नयाँ युवा जोशका फोटो पत्रकार अमित मचामसी गरी दुईजनाले आ-आफनो फोटो पत्रकारिताको यात्राबारे अनुभब आदानप्रदान गरेका थिए ।

फोटो पत्रकारितामा सक्रिय नयाँ फोटो पत्रकार अमितले फोटो पत्रकारिता महँगो पेशा भएको बताउँछन् । एउटै क्यामेराको लाखौं खर्च लाग्ने भई यो पेशा महँगो पेशा महँगो हुने गरेको उनको भनाइ थियो । आयोजक भक्तपुरेन्स इन फोटोग्राफीका सुदीप सुवालले नयाँ र पुराना फोटो पत्रकारलाई एकै ठाउँमा राखेर विगतदेखि वर्तमानसम्मको फोटोग्राफीको अवस्थाबारे छलफल गर्ने कार्यक्रमको उद्देश्य रहेको जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै


TOP