आइतबार , भाद्र १४, २०८३

नवलपरासी पूर्व । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुन् । उनी बोल्न र हातले केही पनि गर्न सक्दैनन् । तर खुट्टाको सहयोगमा भने अन्य काम गर्छन् ।

साहित्यकार झमक घिमिरेको झल्को दिने खाम्चालाई रहर पनि उनी जस्तै बन्ने छ । २५ वर्षीय खाम्चाको स्मरण शक्ति राम्रो छ, मनोबल पनि उच्च छ । उनले खुट्टाको सहायताले लेख्ने र सामाजिक सञ्जाल प्रयोग गर्छन् । उनका बुबा मनबहादुर खाम्चा भन्छन्, ‘कुपोषणका कारण शरीरका केही अङ्गले राम्रोसँग काम नगरेको चिकित्सकले बताएपछि निको बनाउने परिवारको आशा निराशामा परिणत भयो ।’

अन्य व्यक्ति जस्तै बोल्न र हिँड्न नसके पनि खाम्चाको सपना भने ठूलो छ । खुट्टाको सहायताले उनले कक्षा १२ कक्षा उत्तीर्ण गरेका छन् । अब उनी उच्च शिक्षा हासिल गर्ने सुरसारमा छन् । सन्तानको सपना पूरा गराउन परिवार सङ्घर्षशील छ तर अब आर्थिक अवस्था कमजोर हुँदा कसरी पढाउने भन्ने चिन्ताले मनबहादुर सताएको छ । उनी भन्छन्, ‘छोराले एसइई परीक्षा उत्तिर्ण गरेपछि पढाइएका रामपुर नगरपालिका-१ बर्दाकोट, पाल्पाबाट दुई वर्षअघि हुप्सेकोट गाउँपालिका-३ मा बसाइँ सरी आएको हो ।’

यमलाई भविष्यमा साहित्यकार बन्ने रहर छ । अनि त्यो सपना पूरा गर्ने ठूलो अभिलाषा लिएर अगाडि बढेका उनले अहिलेसम्म चार सय ४६ मुक्तक खुट्टाकै सहाराले लेखिसकेका छन् । ‘अब रहर छ, त्यसलाई फुलबुट्टा भरेर सार्वजनिक गर्ने’, उनले भने । अवस्था सहज भने छैन । उनी परिवारको चार सन्तानमध्ये माइलो हुन् । आठ वर्षसम्म ओछ्यानमा बिताएका यमले आफ्नो आवाज अरूसामु पुर्‍याएको देख्दा आमा योगमाया औधी खुशी छिन् ।

योगमाया भन्छिन्, ‘मलाई विस्तारै बुढ्यौलीले छुँदैछ, ६१ वर्षकी भएँ, छोराको रेखदेखमै दिन बित्छ । जतिबेला पनि पढ्छु, पढ्छु मात्रै भन्छ, तर कसरी पढाउने ?’, छोराको भविष्य सम्झिँदै आँशु पुछ्दै उनले भनिन्, ‘छोराको भविष्यको चिन्ताले सधैं सताउँछ । उसका लागि केही गरेरै मर्न पाए हुन्थ्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP