मंगलबार , बैसाख २९, २०८३

सिड्नी । अस्ट्रेलियाको बेनी फुटबल क्लबका खेलाडी कुटपिटको घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउने उक्त क्लबले जनाएको छ ।

बेनी फुटबल क्लब अस्ट्रेलियाका खेलाडी माथि भएको आक्रमणको घोर निन्दा गर्दै सत्यतथ्य घटनाको छानविन गरि दोषिमाथि कार्वाहीको लागि कानुनी प्रक्रियामा अगाडि बढेको क्लवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

दोषिलाई कानुनी दायरामा ल्याउने प्रक्रियामा सहयोग गर्न आयोजक TRCC (अष्ट्रेलिया), अस्ट्रेलियामा नेपाली फुटबलको नियामक निकाय ANFA (अष्ट्रेलिया), नेपाली सामुदायिक फुटबल लिग आयोजक GNC (अष्ट्रेलिया) लगायत सबैलाइ क्लबले आग्रह गरेको छ ।

क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ ”नेपाली समुदाय, नेपाली खेलाडी एबम् खेलप्रेमी सबैलाई एकजुट गराई सदभाव कायम गर्ने उद्देश्यका साथ लामो समयदेखि आयोजित नेपाली समुदायको प्रतिष्ठित कार्यक्रममा यसरी भएको आक्रमणले हाम्रो नेपाली समुदायलाई नकारात्मक असर गर्ने निश्चित छ भने प्रबासमा हाम्रो समुदाय कतातिर जाँदैछ भन्ने गम्भीर प्रश्न खडा गरेको छ। यो कुनै एक व्यक्ति माथिको आक्रमण नभई हाम्रो सिंगो क्लब लगायत अष्ट्रेलियामा रहेको सम्पूर्ण क्लब र खेल जगत प्रति को हस्तक्षेप र आक्रमण हो भन्ने हामीले बुझेकाछौं।”

घटनाको पृष्ठभूमी

बेनी फुटबल क्लबका खेलाडीमाथि खेल समाप्त पश्चात केही अराजक मानसिकता बोकेका ब्यक्तीहरु मिलि साँघातिक आक्रमण गरि घाइते बनाएको घटनाप्रति बेनी फुटबल क्लब अष्ट्रेलियाको गम्भीर ध्यानाकर्षण क्लबले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

बेनी फुटबल क्लबले २४ जनवरी २०२१ को दिन एक्सपर्ट एज्यूकेशन द्रारा प्रायोजित ७ औं TRCC CUP को उपाधि जित्न सफलभएको थियो । नेपाली समुदायका अग्रज व्यक्तिहरूको उपस्थितिमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न पश्चात केही अराजक मानसिकता बोकेका व्यक्तिहरु द्वारा सम्पूर्ण उपस्थित दर्शक, अग्रज व्यक्तित्त्व एबम् अन्य क्लबका सहकर्मी खेलाडी साथीहरुको अगाडी यस क्लबका खेलाडी माथि पछाडीबाट सांघातिक आक्रमण भएको थियो ।

आक्रमण बाट टाउकोमा चोट लागि घाइते निजलाइ तत्काल एम्बुलेस बोलाइ अवर्न अस्पताल लगिएको थियो ।

क्लवले जारी गरेको विज्ञप्ती

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP