मंगलबार , असार ३, २०८२

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।

धनुषाको तिनकोरियामा एमालेद्वारा आयोजित जनसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गरेका छन् ।

०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित भएका थिए । पछि लोसपामा पुगेका अरगरिया ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए । १४ हजार बढी मतान्तरले निर्वाचन जितेको अरगरिया आफ्नो क्षेत्रमा प्रभावशाली नेता मानिन्छन् । उनले आफ्नो क्षेत्रबाट लोसपाका अधिकांश नेता लिएर एमालेमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP