मंगलबार , बैसाख २९, २०८३

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गरेका छन् ।

धनुषाको तिनकोरियामा एमालेद्वारा आयोजित जनसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गरेका छन् ।

०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमबाट अरगरिया निर्वाचित भएका थिए । पछि लोसपामा पुगेका अरगरिया ओली नेतृत्वकै सरकारमा पर्यटन मन्त्री बनेका थिए । १४ हजार बढी मतान्तरले निर्वाचन जितेको अरगरिया आफ्नो क्षेत्रमा प्रभावशाली नेता मानिन्छन् । उनले आफ्नो क्षेत्रबाट लोसपाका अधिकांश नेता लिएर एमालेमा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP