आइतबार , भाद्र १४, २०८३

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान्को आक्रमणबाट श्रीमतीको ज्यान गएको छ । जिल्लाको शितगंगा नगरपालिका-३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करीव ४ बजे श्रीमान्को आक्रमणबाट श्रीमतीको ज्यान गएको हो ।

पारिवारीक विषयमा आपसी बिबाद हुँदा ५३ वर्षीय पिताम्बर भुसालले लोहोराले हानेर श्रीमती ५० वर्षीया मनकला भुसालको हत्या गरी प्रहरीमा आफैं समर्पण गरेको स्थानीयले जानाकारी दिएका छन् ।

घटनाको थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख होमनाथ रेग्मीले जानकारी दिए । रातीको ९ बजे (यो समाचार तयार पार्दा) सम्म मृतक मनकलाको माइती पक्ष नआएकोले शव उठाउन नसकिएको समेत रेग्मीले बताए । मृतक भुसालका दुई छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP