बुधबार , बैसाख १०, २०८२

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व हिनामिनाको आरोपमा मालपोत कार्यालय पर्साका तत्कालिन नायव सुब्बा मदन प्रसाद गुप्ता र लेखापाल विष्णुप्रसाद ढकाल विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सुब्बा गुप्ताले दुईवटा लिखत पारित गरी राजश्व हिनामिना र लेखापाल ढकालले राजस्व हिनामिनामा सहयोग गरेर संग्लन भएको भन्दै विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।

गुप्ता र ढकाल विरुद्ध १२ लाख सैतीस हजार नौ सय बैसठ्ठी रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

नायव सुब्बा गुप्ताले जग्गा प्रशासन निर्देशिका, २०५८ को दफा ३१८ वमोजिम प्रत्येक फाँटवालाहरुले दैनिक असूल गरेको राजश्व सोहीदिन तोकिएको ढाँचामा चलानी सहित लेखा शाखामा दाखिला गर्नुपर्ने, चलानी तयार गर्दा राजस्व प्राप्त भएको रसिद नं। समेत उल्लेख गर्ने भन्ने कानूनी व्यवस्थाको विपरित निजले सेवाग्राहीबाट संकलन रकम हिनामिना गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

उनले रजिष्ट्रेशन लिखत दर्ता किताबको दुई किसिमको अभिलेख खडा गरी सरकारी कागजात गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने वा हेरफेर गर्ने कार्य गरेको देखिँदा लेखापाल ढकालले गुप्तालाई हिनामिनमा सहयोग गरेको अख्यिारको विज्ञप्तिमा उल्लेख छ । भनिएको छ, ‘ मालपोत कार्यालय, पर्साका तत्कालिन लेखापाल विष्णुप्रसाद ढकालले संकलन भएको राजश्व रकम रु १,६२,०००/- मात्र अर्का प्रतिवादी मदन प्रसाद गुप्ताबाट रसिद समेत नभिडाई चलानी बुझी रु १२,३७,९६२ सरकारी राजश्व हिनामिना गर्नमा प्रतिवादी मदन प्रसाद गुप्तालाई मद्दत पुर्‍याई, आफूसमेत संलग्न भई उठाएको राजश्व दुरुस्त रुपमा दाखिला नगरेको देखिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP