मंगलबार , बैसाख २९, २०८३

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व हिनामिनाको आरोपमा मालपोत कार्यालय पर्साका तत्कालिन नायव सुब्बा मदन प्रसाद गुप्ता र लेखापाल विष्णुप्रसाद ढकाल विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सुब्बा गुप्ताले दुईवटा लिखत पारित गरी राजश्व हिनामिना र लेखापाल ढकालले राजस्व हिनामिनामा सहयोग गरेर संग्लन भएको भन्दै विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।

गुप्ता र ढकाल विरुद्ध १२ लाख सैतीस हजार नौ सय बैसठ्ठी रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

नायव सुब्बा गुप्ताले जग्गा प्रशासन निर्देशिका, २०५८ को दफा ३१८ वमोजिम प्रत्येक फाँटवालाहरुले दैनिक असूल गरेको राजश्व सोहीदिन तोकिएको ढाँचामा चलानी सहित लेखा शाखामा दाखिला गर्नुपर्ने, चलानी तयार गर्दा राजस्व प्राप्त भएको रसिद नं। समेत उल्लेख गर्ने भन्ने कानूनी व्यवस्थाको विपरित निजले सेवाग्राहीबाट संकलन रकम हिनामिना गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

उनले रजिष्ट्रेशन लिखत दर्ता किताबको दुई किसिमको अभिलेख खडा गरी सरकारी कागजात गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने वा हेरफेर गर्ने कार्य गरेको देखिँदा लेखापाल ढकालले गुप्तालाई हिनामिनमा सहयोग गरेको अख्यिारको विज्ञप्तिमा उल्लेख छ । भनिएको छ, ‘ मालपोत कार्यालय, पर्साका तत्कालिन लेखापाल विष्णुप्रसाद ढकालले संकलन भएको राजश्व रकम रु १,६२,०००/- मात्र अर्का प्रतिवादी मदन प्रसाद गुप्ताबाट रसिद समेत नभिडाई चलानी बुझी रु १२,३७,९६२ सरकारी राजश्व हिनामिना गर्नमा प्रतिवादी मदन प्रसाद गुप्तालाई मद्दत पुर्‍याई, आफूसमेत संलग्न भई उठाएको राजश्व दुरुस्त रुपमा दाखिला नगरेको देखिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP