बुधबार , बैसाख १०, २०८२

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ हर्सिङडाँडा पछिल्लो समयमा पर्यटकीय गन्तव्य बन्दै गएको छ । केही समयबाट यहाँ पर्यटकहरू घुम्न तथा बास बस्नका लागि समेत पुग्ने गर्दछन् ।

दैनिक एक सय देखि दुई सय जना पर्यटक आउने र बिदाको समयमा दोब्बर पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए । उनले भने, ’पहिला पहिला फाट्टफुट्ट दुई चार जना पर्यटक आउने गरे पनि केही महिनाबाट भने पर्यटक एक्कासी वृद्धि भइरहेको छ ।’

यहाँ घुम्न, हेर्न लायकका ठाउँ तथा ऐतिहासिक स्थलसमेत रहेकाले पर्यटकीय गन्तव्य बन्न थालेको पर्यटन व्यवसायीहरूको भनाई छ । यहाँ चार जना युवा मिलेर खाना बस्नका लागिसमेत सुविधा दिन थालेसँगै पर्यटक आगमनमा वृद्धि हुन थालेको छ ।

यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले गाईबस्तु चराउने गरेको इतिहासमा उल्लेख छ । यसै वडामा वि.सं. १८०२ सालमा खुदीको ढंगैबेसीमा जन्मिनु भएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा बस्तुभाउ चराउँथे । ऐतिहासिक तथा पर्यटकीय स्थल हर्सिङडाँडाको संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउने अभियानमा यहाँका स्थानीयदेखि सरोकार वाला एकजुट हुनुपर्ने मर्स्याङ्दीका प्रेमबहादुर बस्नेत बत्ताउँछन् ।

हर्सिङडाँडामा गाईबस्तु चराएका भक्ति थापा वि.सं. १९७१ मा नेपाल-अङ्ग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए । उनी लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मिएका । उनले पहिले लमजुङका राजा केहरि नारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेको इतिहास छ । गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धवन्दीका रूपमा काठमाडौं पुगेको करिब एक वर्ष पछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न थिए ।

१८७८ मा ७३ वर्षको उमेरमा नेपाल अङ्ग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व उनले गरे । देउथलमा अंग्रेजविरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो । अङ्ग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानकासाथ अमरसिंह थापालाई बुझाएको इतिहास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP