मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ । अभिनेता हरिवंश आचार्यले कोरोना भाइरसको महामारीपश्चात् नेपाली फिल्म बजारमा बढी नै उतारचढाव देखिएको बताएका छन् । उनी अभिनित फिल्म ‘महापुरुष’ को दोस्रो गीत ‘बेमौसमी’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेता आचार्यले केही फिल्म रेकर्ड बनाउने गरी सफल भएका र केहीले भने अपेक्षा भन्दा निकै कम व्यापार गरेको बताए ।

अहिले आर्ट र कमर्सियल भ्यालु बोकेका फिल्म बजारमा दर्शकले पर्खिरहेको विचार राख्दै त्यो ‘महापुरुष’ रहेको बताए । ‘अहिले दर्शकले आर्ट र कमर्सियल दुवै भएको फिल्म हेर्न खोज्नु भएको छ । महापुरुषमा यी दुवैको मिश्रण छ । यहाँ कमर्सियल भ्यालु राखेर आर्टमा अब्बल फिल्म बनाइएको छ’, उनले भने । नेपाली फिल्मको बढ्दो बजारलाई यसले अझै फाइदा पुर्‍याउने उनले बताए ।

केही समययता आर्ट भ्यालु बढी भएका फिल्ममा दर्शकको उपस्थिति कम देखिएको उनले बताए । अभिनेता आचार्यले पूणर्रुपमा व्यावसायिक कलात्मक फिल्म ‘महापुरुष’ रहेको बताए । ‘यस पटक स्क्रिप्ट झनै मेहनत गरेको पाएँ । यो टिमले निर्माण गर्नुभएको अघिल्लो फिल्मको तुलनामा यो उत्कृष्ट छ’, उनले भने ।

जात्रा, ‘शत्रुगते’ र ‘जात्रै जात्रा’को सफलताले आफूलगायत टिममा दायित्व थपिएको निर्देशक प्रदीप भट्टराईले बताए । ‘हामीलाई दर्शकले गर्नुहुने विश्वासले थप जिम्मेवार बनाएको छ । यसपटक हामीले समाजको गम्भीर विषयलाई सरल तरिकाले देखाउने कोसिस गरेका छौँ । समाजमा विध्यमान सोचलाई भत्काउने प्रयास हाम्रो हो’, उनले भने ।

‘लोभी पापी’ पश्चात् दोस्रो पटक अभिनेता आचार्यसँग स्क्रिन शेयर गर्न पाउँदा अभिनेत्री गौरी मल्ल खुशी छिन् । ‘यो टिमले मलाई अहिलेको मेकिङ शैलीसँग नजिकबाट साक्षात्कार गरायो । हरिदाइको जोडी बनेर देखिन पाउँदा खुशी छु । हामीले नजरअन्दाज गरिरहेको गम्भीर विषयलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ’, अभिनेत्री मल्लले भनिन् ।

यसै फिल्मबाट अरुण क्षेत्री र अञ्जना बराइली डेब्यु गर्दै छन् । मह जोडीसँग डेब्यु गर्न पाउँदा अरुण निकै उत्साहित छन् । ‘म जापान छाडेर यहाँ अभिनयमा आफ्नो भविष्य बनाउन प्रयासरत थिएँ । उहाँहरुसँग जोडिएर पाइला टेक्न पाउँदाको खुशी शब्दमा व्यक्त गर्न सकिँदैन । डेब्यु फिल्ममै मैले उहाँहरुबाट धेरै सिकेको छु’, अरुणले भने । डेब्यु अभिनेत्री अञ्जनाले आफ्नो लागि स्कुलिङ भएको बताए ।

फिल्म ‘महापुरूष’ आउँदो कात्तिक ११ अर्थात् भाइटीकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित ड्रामामा मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कङ्साकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतले पनि अभिनय गरेका छन् ।

यसमा निर्देशक भट्टराईकै लेखन रहेको छ । षट्कोण आर्टस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ छन् । फिल्ममा दीपक बज्राचार्यले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन गरेका छन् । यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारका रुपमा फिल्ममा डेब्यु गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP