मंगलबार , असार २३, २०८३
दयाराम आचार्य /कावासोती
कावासोती नगरपालिकाको बालुवाडाँडामा प्याराग्लाईडिङ्गको परिक्षण उडान गरिने भएको छ । कावासोती नगरपालिका १ बालुवाडाँडामा बिहिबार देखी परिक्षण उडान गर्ने तयारी गरिएको छ । पर्यटकीय दृष्टिकोणले समेत सम्भावनाको क्षेत्रका रुपमा रहेको बालुवाडाँडा क्षेत्रबाट प्याराग्लाईडिङ्गको परिक्षण उडान गरिदैछ । क्लाउडबेस प्याराग्लाईडिङ्ग नेपालले भोली देखी पाँच दिन सम्म परिक्षण उडान गर्न लागेको व्यवस्थापक प्रकाश भुजेलले बताउनुभयो ।
कावासोती नगरपालिकामा नयाँ पर्यटकिय सम्भावनाको खोजी गर्ने क्रममा प्याराग्लाईडिङ्गको समेत परिक्षण गर्न लागिएको कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञ पुरीले बताउनुभयो । कम्पनीले समेत चासो दिएर परिक्षणकालागि आएको बताउदै सफल भए यो जिल्लाकै लागि पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्र बन्ने उहाँले बताउनुभयो ।
पाँच जना चालकले भोलीबाट परिक्षण गर्ने छन् । अवतरणकालागि कावासोती १, ५ र ६ का क्षेत्रहरुको अध्यन समेत गरिने छ । भोली चालक दलले मात्रै एकल उडान भर्ने छन् । त्यसपछी अन्य यात्रु राखि समेत यसको परिक्षण गरिने उमेश रानाले बताउनुभयो । उहाँका अनुसार भोली बिहानबाट परिक्षण शुरु गरिनेछ । मौसमको अवस्था हेरी पाँच दिन सम्म बालुवाडाँडाका बिभिन्न क्षेत्रबाट परिक्षण उडान गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP