मंगलबार , बैसाख ९, २०८२

काठमाडौं । शेयर बजारमा ३८ अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ । गत बिहीबारदेखि निरन्तर घट्न थालेको परिसूचक दिनहुँ फराकिलो अंकले घट्दो छ । मंगलबारसम्म आइपुग्दा नेप्सेले १४४ अंक गुमाइसकेको छ ।

कारोबार रकममा भने केही कमी देखिएको छ । मंगलबार एक अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरी र रिडी हाइड्रोपावरको ५/५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका २३१ वटा कम्पनिमध्ये १७८ वटाको शेयर मूल्य घटेको हो । मात्र ७ वटा कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, २ वटाको शेयर मूल्य अघिल्लो दिनको तुलनामा स्थिर छन् । बजारको फराकिलो गिरावटका बाबजुद स्वाभिमान लघुवित्तको शेयर मूल्य ४ प्रतिशत बढेको छ । यस्तै, कालिका पावरको शेयर बिक्री गर्नेहरूको सक्रियता बाक्लो छ ।

फाइनान्स, विकास बैंक र जलविद्युत अन्तर्गतका शेयरमा सिर्जना भएको बिक्री चापका कारण नेप्से मंगलबार पनि २ प्रतिशतभन्दा धेरै घटेको छ । लगानी उपसमूहका शेयरको आपूर्ती पनि अत्याधिक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP