शनिबार , भाद्र १३, २०८३

काठमाडौं । शेयर बजारमा ३८ अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा झरेको छ । गत बिहीबारदेखि निरन्तर घट्न थालेको परिसूचक दिनहुँ फराकिलो अंकले घट्दो छ । मंगलबारसम्म आइपुग्दा नेप्सेले १४४ अंक गुमाइसकेको छ ।

कारोबार रकममा भने केही कमी देखिएको छ । मंगलबार एक अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरी र रिडी हाइड्रोपावरको ५/५ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका २३१ वटा कम्पनिमध्ये १७८ वटाको शेयर मूल्य घटेको हो । मात्र ७ वटा कम्पनीको शेयर मूल्य बढेको छ । यस्तै, २ वटाको शेयर मूल्य अघिल्लो दिनको तुलनामा स्थिर छन् । बजारको फराकिलो गिरावटका बाबजुद स्वाभिमान लघुवित्तको शेयर मूल्य ४ प्रतिशत बढेको छ । यस्तै, कालिका पावरको शेयर बिक्री गर्नेहरूको सक्रियता बाक्लो छ ।

फाइनान्स, विकास बैंक र जलविद्युत अन्तर्गतका शेयरमा सिर्जना भएको बिक्री चापका कारण नेप्से मंगलबार पनि २ प्रतिशतभन्दा धेरै घटेको छ । लगानी उपसमूहका शेयरको आपूर्ती पनि अत्याधिक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP