मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । आउँदो ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फल भाग लिने दलहरुले आफ्ना उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगलाई बुझाएका छन् । सोमबार (३ असोज) मा दलका प्रतिनिधिहरु आयोग पुगेर बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधिभसा निर्वाचनका लागि ४८ दलले समानुपातिक सूची बुझाएका छन् । समानुपातिकतर्फको निर्वाचमा भाग लिनका लागि ६८ दलले दलले निवेदन दिएका थिए । तीमध्येबाट ४८ दलले आयोगमा पुगेर बन्दसूची पेस गरेको वाग्लेले जानकारी दिएका छन् । ४८ दलबाट आएका नामबाट ११० जना उम्मेदवारहरु समानुपातिक सांसद बन्ने छन् ।

त्यस्तै, प्रदेशसभातर्फ २३८ दलले बन्दसूची पेस गरेका छन् । सात प्रदेशबाट २३८ दलले समानुपातिकर्फतको बन्दसूची पेश गरेको वाग्लेले जानकारी दिए । प्रदेश-१ मा ३६ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । प्रदेश १ बाट ५५ वटा दलले समानुपातिकर्फतको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए। प्रदेश १ मा बन्दसूची बुझाएका ३६ दलबाट ३७ जना समानुपातिक सांसद बन्ने छन् ।

त्यस्तै, मधेश प्रदेशमा पनि ३६ वटै दलले बन्दसूची बुझाएका छन् । मधेशमा ५५ दलले समानुपातिकर्फत निर्वाचनमा भाग लिने भन्दै आयोगमा निवेदन दिएका थिए । मधेश प्रदेशमा बन्दसूची बुझाएका ३६ दलबाट ४३ जना समानुपातिक सांसद बन्ने छन् ।
बागमती प्रदेशमा ४१ वटा दलले समानुपातिकर्फतको बन्दसूची बुझाएका छन् । यहाँ ५८ वटा दलले समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निवेदन दिएका थिए । बन्दसूची बुझाएका ४१ दलबाट मधेश प्रदेशमा ४४ जना समानुपातिक सांसद बन्ने छन् ।

गण्डकी प्रदेशमा ३१ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । गण्डकीबाट समानुपातिक निर्वाचनमा भाग लिनका लागि ५२ वटा दलले निवेदन दिएका थिए । बन्दसूची बुझाएका ३१ मध्येबाट गण्डकीमा २४ जना समानुपातिक सांसद बन्ने छन् ।

लुम्बिनी प्रदेशमा ३२ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । यहाँ ५४ वटा दलले समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिएका थिए । बन्दसूची बुझाएका ३२ दलबाट ३५ जना समानुपातिक उम्मेदवार लुम्बिनी प्रदेशबाट छानिने छन् । त्यस्तै, कर्णाली प्रदेशबाट २८ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । यहाँ ४८ वटा दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन निवेदन दिएका थिए । बन्दसूची बुझाएका २८ दलबाट कणर्ालीमा १६ जना समाुनपातिक सांसद बन्ने छन् ।

सुदूरपश्चिम प्रदेशबाट ३४ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । यहाँ ५० वटा दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिएका थिए । बन्दसूची पेश भएका ३४ दलबाट २१ जना समानुपातिक सांसद बन्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP