मंगलबार , बैसाख ९, २०८२

काठमाडौं । आउँदो ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फल भाग लिने दलहरुले आफ्ना उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगलाई बुझाएका छन् । सोमबार (३ असोज) मा दलका प्रतिनिधिहरु आयोग पुगेर बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधिभसा निर्वाचनका लागि ४८ दलले समानुपातिक सूची बुझाएका छन् । समानुपातिकतर्फको निर्वाचमा भाग लिनका लागि ६८ दलले दलले निवेदन दिएका थिए । तीमध्येबाट ४८ दलले आयोगमा पुगेर बन्दसूची पेस गरेको वाग्लेले जानकारी दिएका छन् । ४८ दलबाट आएका नामबाट ११० जना उम्मेदवारहरु समानुपातिक सांसद बन्ने छन् ।

त्यस्तै, प्रदेशसभातर्फ २३८ दलले बन्दसूची पेस गरेका छन् । सात प्रदेशबाट २३८ दलले समानुपातिकर्फतको बन्दसूची पेश गरेको वाग्लेले जानकारी दिए । प्रदेश-१ मा ३६ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । प्रदेश १ बाट ५५ वटा दलले समानुपातिकर्फतको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए। प्रदेश १ मा बन्दसूची बुझाएका ३६ दलबाट ३७ जना समानुपातिक सांसद बन्ने छन् ।

त्यस्तै, मधेश प्रदेशमा पनि ३६ वटै दलले बन्दसूची बुझाएका छन् । मधेशमा ५५ दलले समानुपातिकर्फत निर्वाचनमा भाग लिने भन्दै आयोगमा निवेदन दिएका थिए । मधेश प्रदेशमा बन्दसूची बुझाएका ३६ दलबाट ४३ जना समानुपातिक सांसद बन्ने छन् ।
बागमती प्रदेशमा ४१ वटा दलले समानुपातिकर्फतको बन्दसूची बुझाएका छन् । यहाँ ५८ वटा दलले समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निवेदन दिएका थिए । बन्दसूची बुझाएका ४१ दलबाट मधेश प्रदेशमा ४४ जना समानुपातिक सांसद बन्ने छन् ।

गण्डकी प्रदेशमा ३१ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । गण्डकीबाट समानुपातिक निर्वाचनमा भाग लिनका लागि ५२ वटा दलले निवेदन दिएका थिए । बन्दसूची बुझाएका ३१ मध्येबाट गण्डकीमा २४ जना समानुपातिक सांसद बन्ने छन् ।

लुम्बिनी प्रदेशमा ३२ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । यहाँ ५४ वटा दलले समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिएका थिए । बन्दसूची बुझाएका ३२ दलबाट ३५ जना समानुपातिक उम्मेदवार लुम्बिनी प्रदेशबाट छानिने छन् । त्यस्तै, कर्णाली प्रदेशबाट २८ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । यहाँ ४८ वटा दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन निवेदन दिएका थिए । बन्दसूची बुझाएका २८ दलबाट कणर्ालीमा १६ जना समाुनपातिक सांसद बन्ने छन् ।

सुदूरपश्चिम प्रदेशबाट ३४ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । यहाँ ५० वटा दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिएका थिए । बन्दसूची पेश भएका ३४ दलबाट २१ जना समानुपातिक सांसद बन्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP