मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । काठमाडौंका मासु व्यवसायीहरुले दशैंमा मासुको मूल्य तोक्ने तयारी गरेका छन् । सरकारले मूल्यबारे छलफलमा यो वर्ष पनि नबोलाए पछि खुल्ला बजारमा किसानले तोक्ने मूल्यको आधारमा जिउँदो र तयारी मासुको मूल्य तोक्ने तयारी गरेको नेपाल माछा मासु व्यवसायी संघले जनाएको छ ।

संघका अध्यक्ष रमेश खड्काकाअनुसार पछिल्लो तीन वर्षदेखि सरकारले व्यवसायी संघसँग मूल्य तोक्नेबारे कुनै छलफल नै गरेको छैन । ‘सरकारले छलफल गर्ला र मूल्य तोक्ने भनेर बसेको यो वर्ष पनि कुनै छलफलका लागि बोलावट भएन,’ अध्यक्ष खड्गीले भने, ‘अब बजारमा मूल्य खुल्ला हुने भयो । मासुको मूल्य जति पनि हुनसक्छ ।’

संघकाअनुसार यो वर्ष खसीको तयारी मासुको मूल्य न्यूनतम् १३ सय रुपैयाँदेखि सुरु हुने देखिएको छ । सरकारले बजारको आपूर्ति हेरेर मूल्यको सीमा नतोक्दा विगतका वर्षहरुमा अधिकमा १३ सय रुपैयाँ हुने खसीको मासुको मूल्य यो वर्ष पनि सोही आधारमा न्यूनतम मूल्य निर्धारण हुने अध्यक्ष खड्गीले बताए ।

अहिले नै केही व्यवसायीहरुले १ हजार ४ सयदेखि १ हजार ४५० रुपैयाँ किलोसम्म खसीको मासुको मूल्य तोकेको भन्दै अध्यक्ष खड्गीले खसीको मासुको मूल्यमा यो वर्ष उतार चढाव हुने बताए ।

‘बजारमा जिउँदो खसीको मूल्य तराईको खसीको ७ सय रुपैयाँ छ, लोकल खसीको त्यो भन्दा कम छ । तर तयारी मासुको मूल्य दोब्बर हारहारी हुने देखियो,’ खड्गीले भने, ‘अब सहुलियतमा ल्याउने खसीले मात्रै मूल्यलाई केही नियन्त्रण गर्न सक्छ ।’

संघका अनुसार यो वर्ष बंगुर र बफ मासुको मूल्य प्रतिकिलो ५ सय रुपैयाँमा स्थिर छ । विगत चार वर्षदेखि यी मासुको मूल्यमा उतार चढाव आएको छैन ।

यो दशैंमा कुखुराको मासुको मूल्य भने पहिले भन्दा धेरै हुने संघले जनाएको छ । अहिले प्रतिकिलो ४५० रुपयाँसम्ममा कुखुराको मासु बिक्री भएको र यो मूल्य गतवर्ष भन्दा किलोमा एक सय रुपैयाँले महँगो भएको खड्गीले बताए ।

तर, दशैंको मुखैमा खुद्रा बजारको खपत घट्ने भएकाले मूल्य अझै ओरालो लाग्ने संघको अनुमान छ । काठमाडौंमा अहिले संघका दर्ता भएका एक हजार हाराहारी मासु पसल छन् ।

दशैंमा काठमाडौंमा ८० हजारदेखि एक लाख गोटा खसी–बोका चाहिने संघको अनुमान छ । अहिले दैनिक एक हजार खसी–बोका, ४ सय बंगुर र ८ सय गोटा बफ बजारमा मासुका लागि खपत हुने गरेको छ । यस्तै २ लाख किलो भन्दा बढी कुखुराको मासु उपत्यकामा खपत हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP