शनिबार , भाद्र १३, २०८३

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज (सोमबार) नेपाल र बङ्गलादेश खेल्दै छन् ।
खेल काठमाडौँस्थित दशरथ रङ्गशालामा आज बेलुका ५ बजे शुरु हुनेछ । साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्दैछ । यसअघिका साफमा च्याम्पियन रहेको भारत छैटौँ संस्करणमा सेमिफाइनलबाटै बाहिरिएपछि नयाँ इतिहास बन्न लागेको हो ।

साफमा नेपालले पाँचौँ पटक फाइनल खेल्दैछ भने बङ्गलादेशको यो दोस्रो पटक हो । नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् ।

आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने र यसले पनि जितका लागि मनोबल उच्च पार्ने प्रशिक्षक थापाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP