सोमबार , बैसाख ८, २०८२

काठमाडौँ । २० वर्षमुनिको एसियन कप छनोटमा नेपाल जितविहीन भएको छ । गए राति भएको लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ३-० गोलले पराजित भएपछि नेपाल जितविहीन बनेको हो ।

बङ्गलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एक/एक गोल गरे । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा भएको खेलमा नेपाल ९ र बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो ।

खेलको २६औँ मिनेटमा नेपालका डिफेन्डर अजय चौधरी र ३५औँ मिनेटमा कप्तान आयुष घलानले रातो कार्ड पाए । बङ्गलादेशका अजिजुल हक एनान्टोले दोहोरो पहेँलो कार्ड पाएपछि बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो ।

समूह चरणमा नेपालको लगातार चौथो हार हो । हारसँगै समूह ‘बी’ मा रहेको नेपालले अङ्कविहीन रहँदै समूहको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । पहिलो खेलमा नेपाल भुटानसँग, दोस्रो खेलमा कतारसँग र तेस्रो खेलमा आयोजक बहराइनसँग पराजित भएको थियो । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP